+
+

मंगलबारका टप १० समाचार, तपाईले पढ्नु भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते २०:०७

आज मंगलबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. हिन्दीमा सम्बोधन गरेको विरोधमा जनकपुरमा राजपा र फोरमको पुत्ला दहन

फोरम र राजपा प्रदेश २ मा सरकार बनाउने तयारीमा जुटेका छन् । तर, सरकार नबन्दै भाषालाई लिएर दुबै दलको मधेसमै पुत्ला दहन भएको छ ।

२. पहिचानवादी पार्टीले किन मधेसमा जिते, पहाडमा हारे ?

दुई नम्बर प्रदेशमा मधेसी अधिकारको पहेली गर्ने दलहरुले बहुमत ल्याए भने आदिवासीको अधिकारका लागि लडेका दलहरुले पहाडमा सिट जित्न सकेनन् । एउटै चुनावमा र उस्तै सवालमा देशका दुई भूगोलमा किन फरक नतिजा आयो ?

३. सुमार्गीले बिदेशबाट ल्याएको अरबौं रकम नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मंगलबार व्यवसायी अजेयराज सुमार्गीको पक्षमा एउटा आदेश दिएको छ । उनले उनलाई केही राहत पदएको छ तर, फैसलाप्रति समाजिक सञ्जालमा भने असन्तुष्टि देखिएको छ ।

४. वाम एकताको अपडेटः राष्ट्रपति र प्रचण्ड एकातिर, ओली अर्कैतिर !

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएको थियो । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाए ।

५. पत्याउनोस् नपत्याउनोस् ! पञ्चाङ्ग भन्छ– असारदेखि ‘वाम सरकार’मा तनाव 

ज्योतिषहरुले बताएको भविश्य एवं पञ्चाङ्ग पात्रोमा उल्लेख भएको वार्षिक फललाई कसैले पत्याउँछन् त कसैले विश्वास गर्दैनन् । तथापि प्रत्येक वर्ष पात्रो छापिँदा वर्षभरिको ‘फल’ उल्लेख गरिएको हुन्छ ।

६. पाँच दिनको ‘लिभिङ टुगेदर’ पछि जातीय झगडाले ब्वाइफ्रेण्ड प्रहरी खोरमा

दरबामार्ग बलात्कार प्रकरण सेलाउन नपाउँदै राजधानीमा अर्को बलात्कार प्रकरण सार्वजनिक भएको छ । यसमा पनि प्रेमिकाले प्रेमीविरुद्ध उजुरी दिएका छन् ।

७. भारु भर्सेस युआनः चिनियाँ मुद्रासँग स्थिर विनिमय सम्भव कि असम्भव ?

भारतीय रुपैयाँसँग नेपाली मुद्रालाई ‘पेग्ड’ अर्थात् स्थिर विनिमय प्रणालीमा लगिएको अढाइ दशक बित्यो । उत्तरी छिमेकी चीनको मुद्रा युआनलाई पनि त्यस्तै प्रणालीमा राख्नुपर्ने आवाज उठ्न थालेको छ । तथापि, त्यो स्वर तत्काललाई मसिनो सुनिन्छ ।

८. प्रदेश सांसदलार्इ डेराः हेटौंडामा ‘उपहार’, सुर्खेतमा एउटै कोठाको २६ हजार

पहिलो पटक सुर्खेत  मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाएकी छैनन् । यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उनलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ ।

९. विश्व बैंकले ५ जिल्लाका १ लाख भूकम्पपीडितको घर बनाइदिने 

विश्व बैंकले भूकम्पप्रभावित विभिन्न पाँच जिल्लामा ९६ हजार घर पुनर्निर्माण गर्ने भएको छ ।पुनर्निर्माण प्राधिकरण र विश्व बैंकका प्रतिनिधिबीच सोमबार यस विषयमा सहमति भएको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए ।

१०. धुर्मुस सुन्तलीले बुझाए बाढी पीडितलाई ४७ नयाँ घर (फोटो फिचर) 

रौतहटको चन्द्रपुर ८ को सन्तपुरमा रहेको दलित बस्ती गत साउन २९ को बाढीले तहसनहस भयो ।बाढीले दलित बस्ती पूर्ण रुपले सखाप भए पछि राहत बाँड्दै बस्तीमा पुगेका कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले मुसहरहरुको विजोग देखेर उनीहरुको लागि घर बनाइदिने बाचा गरे, जुन मंगलबार पुरा भएको छ ।

 र, यो पनि,

‘फेक न्यूज’पछि अब ‘फेक पोर्न’को दबदबा, तपाइ पनि झुक्किनुभयो कि ?

हालैका हप्तामा ‘डिपफेक्स’को  धेरै घटनाहरु सार्वजनिक भएका छन् । त्यसमा कुनै अभिनेत्रीको अनुहार अरु कसैको शरीरमा जोडिदिएर पोर्न भिडियो बनाउने गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?