+
+
Shares

माल्दिभ्समा सर्वोच्चको यू-टर्न, राजनीतिक बन्दी रिहाको आदेश उल्टियो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १०:४३

२४ माघ, काठमाडौं । माल्दिभ्सको सर्वोच्च अदालतले ‘यू-टर्न’ लिँदै राजनीतिक बन्दी रिहा गर्ने आफ्नै आदेश उल्टाएको छ ।

संकटकाल लगाएर प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशलाई गिरफ्तार गरिएसँगै सर्वोच्चले आफ्नो निर्णय उल्टाएको हो । सर्वोच्चमा बाँकी रहेका न्यायाधीशहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘राष्ट्रपतिले देखाएको चिन्ताका बीच’ निर्णय उल्टाएको बताएका छन् ।

राष्ट्रपति अब्दुल्ला यामीनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरुले षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

मंगलबार टेलिभिजन सम्बोधनका क्रमा यामीनले भनेका थिए, मैले देशमा संकटकाल घोषणा गर्नुपर्‍यो किनकी न्यायाधीशहरुबारे अनुसन्धान गर्ने अरु कुनै उपाय रहेन ।’

एक साता अघि सर्वोच्च अदालतले नौ जना विपक्षी नेतामाथि लागेको अभियोग खारेज गर्दै रिहा गर्न आदेश दिएको थियो । साथै हटाइएका ११ सांसदलाई पुनर्वहाली गर्न भनेको थियो । यो आदेशले संसदमा विपक्षीहरुको पुनः बहुमत पुग्थ्यो ।

यो पनि पढ्नुहोस्

मालदिभ्समा संकटकाल घोषणा

माल्दिभ्सको संकटमा खेल्न खोज्दा भारत फस्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?