Comments Add Comment

बिट क्वाइनको भाउमा ऐतिहासिक गिरावट, प्रतियुनिट ६ हजार डलरमुनि

लक्जेम्बर्गमा रहेको क्रिप्टोकरेन्सी एक्सचेन्ज बिटस्ट्याम्पमा बिट क्वाइनको भाउ लगातार ओरालो लागेको छ । मंगलबार यो ६ हजार डलरभन्दा तलको दरमा खरिद-विक्री भयो, जुन एक महिना अगाडिको १७ हजार १ सय ५० डलरभन्दा ६५ प्रतिशत न्यून हो ।

जनवरीमा क्रिप्टोकरेन्सीको मूल्यहरु २० हजार डलर नजिक थिए । मंगलबार भने ५ हजार ९ सय २१ डलरसम्ममा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गत नोभेम्बरको मध्ययताको यो न्यून मूल्य हो ।

छिमेकी देश भारतमा बिटक्वाइन अत्यन्तै न्यून कारोवार भइरहेको छ । क्वाइनसेक्यूरमा यसको खरिद मूल्य ४ लाख ५० हजार भारु छ भने विक्री मूल्य ४ लाख ४० हजार भारु छ ।

संघीय अर्थमन्त्री अरुण जेटलीले आफ्नो हालैको बजेट भाषणमा सरकारले क्रिप्टोकरेन्सीलाई निरुत्साहित गर्ने उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment