वासिंङ्टन -सीएनएन) । सिरियामा आईएसविरुद्ध लडिरहेको अमेरिका नेतृत्वको गठवन्धन सेनाले गरेको हवाई हमलामा १०० बढी सत्ता समर्थक सैनिकको मृत्यु भएको छ ।
राष्ट्रपति बसार अल-असादले अमेरिका समर्थित सिरियाली लडाकुसँग काम गरिरहेको ‘सिरियाली प्रजातान्त्रिक शक्ति’को प्रधान कार्यालयमा ‘अप्रत्याशित आक्रमण’ गराएपछि जवाफी हमला गरिएको गठबन्धन सेनाले बताएको छ ।
करिब ५ सय सत्ता समर्थक फौजले तोप, मोर्टार फायर र रुसमा निर्मित ट्यांकसहित आक्रमण गरेको थियो । ‘सिरियाको खुशाममा उनीहरुले प्रजातान्त्रिक शक्तिहरुमाथि संगठित आक्रमण गरे,’ एक सैन्य अधिकारीले बताए ।
उनका अनुसार २० देखि ३० तोप र ट्यांकले ५०० मिटर क्षेत्र ओगटेर सिरियाली प्रजातान्त्रिक शक्तिको हेर्डक्वार्टरमा आक्रमण गरेपछि अमेरिका समर्थित लडाकू र गठबन्धन शक्तिले हवाई र स्थल प्रत्याक्रमण गरेको थियो ।
‘हाम्रो अनुमानमा एक सय जनाभन्दा बढि सिरियाली सत्ता पक्षधर लडाकुहरु मारिएका छन्,’ उनले भने, ‘यो आत्मरक्षाका लागि चालिएको कदम हो ।’ भागेका लडाकुहरुमाथि आक्रमण नगरिएको उनको भनाइ छ ।
प्रत्याक्रमणमा गठवन्धन वा अमेरिकी सेनाका कोही पनि हताहत वा घाइते नभएको तर सिरियाली प्रजातान्त्रिक शक्तिका एक सदस्य घाइते भएको गठबन्धन सेनाका एक अधिकारीले जानकारी दिए ।
सत्ता पक्षधर शक्तिले तेलको खानी रहेको क्षेत्रलाई कब्जामा लिने प्रयास गरेको गठबन्धनले आशंका गरेको छ, जुन क्षेत्र सिरियाली प्रजातान्त्रिक शक्तिले गत सेप्टेम्बरमा आईएसबाट खोसेको थियो ।
सीएनएनसँग कुरा गर्दै अर्का अमेरिकी अधिकारीले सत्ता पक्षधर शक्तिहरु को हुन् भन्ने प्रष्ट भएको तर। त्यहाँ नजिकै काम गरिरहेका रसियाली ठेकेदारहरु यसमा संलग्न छन् कि भन्ने अमेरिकाले हेरिरहेको बताए ।
यद्यपि सिरियाली प्रजातान्त्रिक शक्तिको कार्यालयमा आक्रमण गर्ने कार्यमा रसियनहरुको हात रहेको कुनै प्रत्यक्ष प्रमाण फेला परेको छैन ।
त्यसो त इरान समर्थित शक्तिहरु आक्रमणमा संलग्न रहेको हुन सक्ने सम्भावनालाई पनि खारेज गर्न नसकिने ती अधिकारीले बताए । सिरियामा सत्ता पक्षधर शक्तिहरुसँग अमेरिकी सेना भिडेको यो पहिलोचोटि होइन ।
गत जूनमा अमेरिकी नौसेनाले सिरियाली सत्ताको सु-२२ जेटलाई खसालेको थियो ।
प्रतिक्रिया 4