Comments Add Comment

नेत्रनाथ बन्ने भए प्रदेश ४ का सभामुख

मुख्यमन्त्री टुंग्याउन एमालेको आइतबार बैठक

नेत्रनाथ अधिकारी र हिरबहादुर चुमान

२७ माघ, पोखरा । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ ।

शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले सभामुखसँगै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि समेत टुंगो लगाएको हो ।

सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको हो । नेत्रनाथ पर्वतको प्रदेश सभा क बाट निर्वाचित भएका थिए ।

‘सभामुखमा धेरैको आकांक्षा थियौं तर, नेत्रनाथजीलाई सभामुख तोक्ने निर्णय गरिएको हो,’ सभामुखको दाबादारसमेत रहेका सांसद हरिबहादुर चुमानले जानकारी दिए ।

सभामुखका लागि नेत्रनाथसँगै हरिबहादुर, आशा खनाल, गायत्री गुरुङ लगायतको दाबी थियो ।  सभामुखमा नेत्रनाथलाई तोकर अन्य पदमा तथा मन्त्री मिलाउने गरी बैठकले टुंगो लगाएको हो ।

बैठकले माओबादी संसदीय दलको नेतामा हरिबहादुरलाई जिम्मबारी दिने निर्णय गरेको छ भने रामजी बराल उपनेता बनेका छन् । प्रमुख सचेतक गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई तोकिएको सांसद चुमानले जानकारी दिए ।

सभामुख चुन्न प्रदेशसभामा फागुन ३ गते निर्वाचन हुँदैछ । एमाले र माओवादीको प्रष्ट बहुमत भएकाले नेत्रनाथ अधिकारी सभामुख बन्ने पक्का भएको छ ।

६० सदस्यीय प्रदेशसभामा माओवादीका १२ सांसद छन् । सभामुख, सचेतक लगायत टुंग्याएसँगै माओवादी सांसदले मन्त्री पदका लागि लबिङ गरिरहेका छन् ।

मुख्यमन्त्रीको टुंगो आइतबार

यता एमालेले भने मुख्यमन्त्रीको टुंगो लगाउन आइतबार प्रदेश संसदीय दल बैठक बोलाएको छ । आइतबारको बैठकले एमाले संसदीय दलको नेताको टुंगो लगाउने छ ।
एमाले दलको नेता नै मुख्यमन्त्री बन्नेछन् ।

मुख्यमन्त्रीमा पार्टीका केन्द्रीय सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा प्रदेश संयोजक किरण गुरुङको दाबी छ ।

दलको नेता छान्न निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा अधिवक्ता सुरेन्द्र थापामगर र कमल अर्याल सदस्य रहने गरी निर्वाचन कमिटी गठन भएको छ ।

निर्वाचन आयोगका अध्यक्ष प्यासीले दुवै पक्षलाई सँगै राखेर सहमतिको प्रयास गर्ने जानकारी दिए ।  ‘पहिलो चरणमा सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने कोसिस गरिने छ,’ उनले भने, ‘सर्वसम्मतको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा जाने तयारी छ ।’

एमालेले संसदीय दलको नेता चयन गरेपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभामा एमालेको २७ सदस्य छन् । एमालेले प्रदेश नम्बर ५ मा वाहेक प्रदेश नम्बर १ र ३ मा आन्तरिक चुनाव गरेर संसदीय दलको नेता चुनेको छ ।

वाम गठबन्धनमा प्रदेश ४ को मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने सहमति भएको छ ।

यो पनि पढ्नुस् 

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध

प्रदेश ७ को सभामुखमा थापा निर्विरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment