Comments Add Comment

कोहलपुर महोत्सवमा गायिकाले कसरी हगांमा मच्याइन् ?

बाँकेको कोहलपुरमा औद्योगिक व्यापार तथा पर्यटन महत्सोवमा एक गायिकाले हंगामा मच्याइदिए । हंगामा कतिसम्म भने, त्यतीका तामझामसाथ सुरु भएको कार्यक्रम नै रद्द हुनपुग्यो । घटना गत शनिबारको हो ।

कोहलपुर महोत्सवको ‘आकर्षण’ मानेर निम्त्याइएकी गायिका सरस्वती लामाले स्टेज चढ्नसाथ उत्पात मच्याउन थालिन् । उनी गीत गाउँदै कपडा उतार्न थालिन् । यो क्रम त्यसबेलासम्म रोकिएन, जब माहौल अनियन्त्रित भयो । कार्यक्रम हेरिरहेका युवाहरु उत्तेजित भए । गायिकासँग ‘को भन्दा को कम’ शैलीमा कपडा उतार्दै गए । उनीहरु यति उत्तेजित भए कि, त्यहाँ कार्यक्रम हेरिरहेकी अर्की महिलाको कपडा च्यातियो ।

आखिरमा प्रहरीले हुलदंगा मच्याउने तीन युवालाई पक्राउ गरे । सरस्वती लामालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पुर्‍याइयो ।

कार्यक्रमको ‘आकर्षण’ मानियो

कोहलपुरमा महोत्सव आयोजना गर्ने भएपछि सरस्वती लामा लगायतका कलाकारलाई नबोलाउन आयोजक र सुरक्षाकर्मीवीच छलफल नै भएको थियो । स्थानिय प्रहरीले आयोजकलाई त्यस्ता कलाकारलाई निम्तो नगर्न अनुरोध गरेको कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराइले बताए ।

‘तर, त्यस्ता कलाकार नराखी कार्यक्रमको रौनक हुँदैन भन्ने लागेछ क्यार’ डिएसपी भट्टराईले भने, ‘उनीहरुलाई बोलाइएछ । स्टेजमा उक्लिएको १० मिनेटमै हंगामा मच्याइदिए ।’

अश्लिल शैलीमा मनोरञ्जन गराउने कलाकारहरुलाई उद्योग वाणिज्य महासंघ जस्ता प्रतिष्ठित संस्थाले ल्याउन नहुने उनको भनाई छ । अहिले आयोजकको सर्वत्र आलोचना भइरहेको छ ।

को हुन् स्वरस्वती लामा ?

आफुलाई रक गायिका भनेर चिनाउने सरस्वती लामा सामाजिक संजालमा बढी चर्चित छन् । गायकीको कारणले होइन, अश्लिल हर्कतले । उनका उच्छृंखल स्टेज प्रस्तुतीको भिडियो र अन्र्तवार्ताहरु युट्युवमा छ्यापछ्याप्ती छन् । लेख्नै नमिल्ने शब्दावली प्रयोग गरेर युट्युवमा कुराकानी गर्ने र गराउने क्रमसँगै सरस्वती लामा चर्चामा आएकी हुन् । पछिल्लो समय उनी मेला, महोत्सवहरुमा ‘आकर्षण’ बन्न थालेकी छिन् । त्यस्ता कार्यक्रममा उनी उदाङ्गो पहिरनमा प्रस्तुत भएर अराजक शैलीमा गीत गाउने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment