Comments Add Comment

‘प्रदेश ६ समृद्धिको मुख्य आधार पर्यटन’

१ फागुन, सुर्खेत । राजनीतिक दलका नेता, सरकारी अधिकारी तथा सरोकारवालाले पर्यटनलाई प्रदेश ६ को समृद्धिको आधारका रुपमा लिने बताएका छन् ।

प्रदेश ६ उद्योग बाणिज्य महासंघको सहयोगमा  सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजनामा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासको अबको बाटो’ विषयक अन्तरकि्रयामा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ का पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारको विकास, जनचेतना अभिवृद्धि, सकरात्मक सोच र व्यवस्थापनमा जोड दिन आवश्यक रहेको उल्लेख गरेका छद्धन् ।

प्रदेश ६ का पर्यटकीय गन्तव्य रारा, शे-फोक्सुण्डो, छायाँनाथ, काँक्रेविहार, बुलबुले, पञ्चकोशी, हिल्सालगायतका क्षेत्रमा पूर्वाधारको निर्माण हुन नसकेकोले प्रदेश सरकारले त्यसमै जोड दिने माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बताए ।

शाहीले प्रदेश ६ को पर्यटनको विकासका लागि धेरै बहस भन्दा पनि कार्यक्रममै देखाउने बेला आएको उल्लेख गर्दै कर्णाली जिल्लालाई पहिचानयुक्त जिल्लाको विकास गरी पर्यटन प्रवर्द्धनमा लाग्ने प्रतिवद्धता जनाएका छन् । ‘रक क्लाइविङ, हाइड्रो टुरिजम, एग्रोटुरिजम, हर्बल टुरिजमको विकास गर्न सकिन्छ, त्यसका लागि सकरात्मक सोच र आत्मकेन्द्री सोचमा परिवर्तन आवश्यक छ,’ शाहीले भने ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आन्तरिक भन्दा पनि वाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने धारणा राखे ।

देशको जीडीपीमा योगदान पुर्‍याउने गरी पर्यटनको विकास गर्नुपर्ने उल्लेख गदै शाहीले भारत र चीनका पर्यटकलाई आर्कषित गर्न सक्दा पनि देशको जीडिपीमा योगदान पुग्ने बताए । तर, यसका लागि दीर्घकालीन,मध्यकालीन र अल्पकालीन योजना आवश्यक पर्ने शाहीको भनाइ छ ।

‘सडक,विमानस्थल, स्वास्थ्यक केन्द्र, उद्दार टोलीको व्यवस्थापन पर्यटकका लागि आधारभूत आवश्यकता हुन त्यसमा पहिला जोड दिनुपर्नेछ,’ शाहीले भने ।

कार्यक्रममा बोल्दै एमाले नेता प्रकाश ज्वालाले पर्यटन र कृषि नै प्रदेश ६ को विकासमा भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।

प्रदेश ६ का १० वटै जिल्ला पर्यटकीय गन्तव्य भएका क्षेत्र भएपनि प्रचारप्रसारको अभावले पनि पर्यटक आकषिर्त हुन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव सुरेश प्रधानले प्रदेश ६ मा पर्यटकहरुको तथ्यांक समेत नभएकोले पहिला होटल,पर्यटकको लगत आवश्यक रहेको उल्लेख गरे ।

प्रदेश ६ मा पर्यटन विकासको आधार नै बनि नसकेकोले प्रदेशसभाले पहिला आधार बनाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ का संयोजक पदम शाहीले पर्यटन विकासका लागि वीरेन्द्रनगरमा विमानस्थलको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गरे ।

त्यसैगरी, सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्ष प्रकाश अधिकारीले पनि पूर्वाधार विकासमा जोड दिएका थिए ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख देव सुवेदीले समग्र प्रदेश नं. ६ को पर्यटन गुरुयोजना आवश्यक रहेको बताए । कार्यक्रममा मनघरी फाउण्डेशनका सल्लाहकार डा. रवीन खड्काले पर्यटनका अथाह सम्भावना रहेको प्रदेश ६ मा उचित लाभ लिन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment