Comments Add Comment

नेपाली छात्रले २०१८ को लण्डन म्याराथुनमा भाग लिने

यूके / हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोश्रो बर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी सन् २०१८ को लण्डन म्याराथुनमा भाग लिने भएका छन् ।

नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैरसरकारी संस्था किड्स फर्स्ट नेपालको लागि सहयोग जुटाउन लण्डन म्याराथुनमा भाग लिन लागेको शाहिलले बताए ।

संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, स्वास्थ्य र जीवन आर्जन गर्नको लागि आवस्यक सहयोग गर्दै आएको छ । उनले उक्त म्याराथुनमा भाग लिएर च्यारिटीबाट तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् ।

दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जानेछ । सहयोग गर्न चाहनेले लण्डन म्याराथुनको लिंकमा गएर सहयोग गर्न शाहिल कैनी र उनका पीता डा. बच्चु कैलाश कैनीले अनुरोध गरेका छन् ।

लण्डन म्याराथुनमा उनको सहभागिताले अन्य नेपाली युवा र समुदायलाई पनि म्याराथुनमा भाग लिन र सामाजिक तथा अन्य पुण्य काम गर्न प्रेरणा मिल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment