+
+
Shares

हात्ती आक्रमणबाट दुई महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते १६:०२

सप्तरी, १ फागुन । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमणमा परी दुई जना महिलाको मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षतर्फ घाँस, दाउरा लिन जाँदै गर्दा उनीहरुलाई मंगलबार दिउँसो हात्तीले आक्रमण गरेको हो ।

आक्रमणबाट कञ्चनरुप नगरपालिका ५ की ३५ वर्षीया मञ्जु साह र सोही ठाउँकी ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनीहरुसँग जंगल जाँदै गरेकी बुधनी देवी सदा भने ज्यान जोगाएर भाग्न सफल भएकी छन् ।

कोशी टप्पुतर्फ जाँदै गर्दा हात्तीले उनीहरुमाथि आक्रमण गरेको स्थानीयहरुले बताएका छन् । पछिल्लो समयमा सप्तरीको पूर्वी भेगमा हात्ती आतंक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?