Comments Add Comment

नवराज सिलवालको पक्षमा अदालत अगाडि धर्ना

प्रदर्शनकारीको माग- सिलवालमाथि किर्ते मुद्दा नलगाइयोस्

२ फागुन,काठमाडौं । नवराज सिलवालविरुद्ध षडयन्त्र नगर्न दबाब दिँँदै उनका समर्थकले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा,महान्यायाधिवक्ता बसन्तराम भण्डारी र आईपी प्रकाश अर्यालको योजनामा नियोजित रुपमा सिलवालविरुद्ध कीर्तेमा मुद्दा दर्ता गराउन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारबाट बाहिरिदै गर्दा हतार हतार सिलवालसँग बदला लिन खोजिएको भन्दै सचेत युवा समूहको नाममा प्रदर्शन गरिएको हो । सिलवालविरुद्ध महान्यायाधिवक्ता भण्डारी आफैंले मुद्दा दर्ता गराउँदैछन् ।

सरकारी वकिलले मुद्दा दर्ता गर्न नमानेपछि भण्डारीले प्रहरीको रोहबरमा मुद्दाको फाइलमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ । मुद्दा दर्ताअघिनै जिल्ला अदालत बाहिर प्रहरी परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशको राजीनामा माग्दै न्याय परिषद घेराउ

नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैंले मुद्दा दर्ता गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment