Comments Add Comment

मिर्गौला पीडित पत्रकार पकुवाललाई पत्रकार महासंघ यूएईको एक लाख ४१ हजार सहयोग

२ फेब्रुअरी, यूएर्इ । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल पत्रकार महासंघ यूएईले १ लाख ४१ हजार सहयोग गरेको छ ।

दुबै मिर्गौला बिग्रिएर हाल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत पकवाल्को उपचारका लागि करिब १२ लाख खर्च लाग्ने र माया पकुवालसँग आर्थिक अभाव भएकाले उक्त रकम यूएईका दाताहरूबाट संकलन गरेर पठाएको पत्रकार महासङ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालले जानकारी दिएका छन् ।

यूएईमा श्रमरत झापाली पत्रकार समुहले पत्रकार रुपेश अधिकारीको संयोजकत्वमा करिब १ महिनाअघि नै पकवालका लागि सहयोग अभियान चलाएको थियो ।

पछि उक्त समूहकै पहलमा महासंघ झापा शाखाले आर्थिक सहयोगका लागि यूएई शाखालाई पत्र पठाएपछि दुबै समूहले मिलेर सहयोग अभियानलाई अगाडि बडाएका थिए ।

झापा शाखाको पत्रका आधारमा यसअघि झापाली पत्रकार समूह यूएईले चलाएको अभियानलाई एकीकृत गरि महासंघ यूएईले पत्रकार महासंघ यूएईका कोषाध्यक्ष दिनेश आचार्यको संयोजकत्वमा माया पकुवाल सहयोग समिति यूएई गठन गरी अभियान चलाएको थियो ।

उक्त समितिको पहलमा यूएईमा रहेका विभिन्न सामाजिक संस्था, तथा व्यक्तिहरुबाट संकलित ५०५३ यूएई दिराम (१ लाख ४१ हजार २९ रुपयाँ ) संकलन गरी फेब्रअरी १२ तारिख रकम नेपाल पठाइएको थियो ।

उक्त रकम नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकाटाको नाममा पठाइएको र महासंघ झापा मार्फत हाल नेपालमै रहेका पत्रकार डिल्ली हुमागाई र झापाली समाजका प्रतिनिधिको उपस्थितिमा बुधबार बिरामी पकवालकै निवास भद्रपुर झापामा हस्तान्तरण गरिएको छ ।

झापा शाखाको १ लाख ९ हजार ९ सय ६० सहयोग

पत्रकार माया पकवालको सहयोगका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले पनि १ लाख ९ हजार ९ सय ६० रुपैयाँ पीडित बिरामी पकवाललाई हस्तान्तरण गरेको छ ।

यूएई र झापा शाखाको पहलमा संकलित रकम संयुक्त रुपमा २ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment