+
+
Shares

प्रधानमन्त्रीको प्रतिबद्धता– स्वदेशमै रोजगारी, समृद्ध देश

प्रधानमन्त्री ओलीद्वारा ग्याल्बो ल्होसारको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते ७:५९


४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारकोे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजाति, बहुसांस्कृतिक र बहुभाषिक देश भएको उल्लेख गरेका छन् । यस प्रकारका मौलिक विविधतालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको प्रतीकको संज्ञा दिएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभुत रुपमा संक्रमणकाल सकिएको उल्लेख गरेका छन् । उनले अबको सरकारको प्राथमिकता सुखी नेपाली, समृद्ध नेपाल हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै स्वेदशमै रोजगारीका अवसर सृर्जना गरेर देशलाई समृद्ध बनाउन अधिकतम प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रति सरकार प्रतिबद्ध रहेको जनाउँदै संविधान निर्दिष्ट मौलिक हकको प्रत्याभूतिका लागि सरकार लागिपर्ने बताए । उनले ‘सुखी नेपाली, संमृद्ध नेपाल’ को चाहना पूरा गर्न सरकारले चालेका कदमहरुप्रति सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?