Comments Add Comment

झापाली समाज युकेमा अर्कराज तिम्सिना सर्वसम्मत

६ फागुन, लन्डन । झापाली समाज यकूेको अध्यक्षमा अर्कराज तिम्सिना सर्वसम्मत चयन भएका छन् । शनिबार लन्डनमा सम्पन्न समाजको चौथो अधिवेशनले तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको हो।

नवगठित समितिको उपाध्यक्षद्वयमा अर्जुन बस्नेत र दिपेन सिटौला, महासिचवमा प्रकाश खनाल, सह–सचिवमा विवेक मेचे, कोषाध्यक्षमा
महेश गिरी र सह–कोषाध्यक्षमा मधुर मिश्रलाई चयन गरिएको
छ ।

समितिको सदस्यहरुमा अल्का गुरुङ, बिष्णुकुमारी लिम्बु, इन्द्राहाङ लिम्बु, गणेश बास्तोला, ओमप्रकाश सेढाई, युवराज सेढाई, सुर्य गुरुङ र
नन्दकिशोर न्यौपाने चुनिएका छन् ।

सोही अधिवेशनले समाजको सल्लाहकारमा धन गुरुङ, सहदेव गिरि, खगेन्द्र पाठक, विज्ञान प्रसाईं र मिलनचन्द्र गुरुङलाई चयन गरेको छ ।

सोही अवसरमा समाजसेवी ललित न्यौपाने र झापाली समाज युकेका संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार धनकिरन गुरुङलाई समेत सम्मान गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला

बिश्वभरिका झापाली समाजहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला विभिन्न देशहरुमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलका अनुसार राष्ट्रिय समिति निर्माण क्रमलाई निरन्तरता दिँदै सन् २०१८–१९ मा बिश्वका बिभिन्न ४० देशहरूमा समाज स्थापना र सामाजिक गतिविधिलाई रचनात्मक बनाउन यो भेलाले ठोस निर्णयहरु गर्नेछ ।

सामुहिक लगानी तथा क्षेत्र अन्तर्गतका देशहरुमा समाजका क्रियाकलापलाई गति प्रदान गर्न पनि यो भेला आयोजना गरिएको हो । अध्यक्ष पोखरेलका अनुसार  गल्फ क्षेत्रको भेला आगामी अप्रिलको अन्तिम साता कतारको दोहामा हुनेछ ।

त्यस्तै, अमेरिकी क्षेत्रको भेला वासिङ्टन डिसीमा अगस्ट ४ देखि ६ सम्म आयोजना हुने निश्चित भएको छ । साथै, सिउल (कोरिया) का लागि नोभेम्बर २०१८ मा तय भएको छ ।

त्यस्तै, अष्ट्रेलियाको सिड्नीमा सन् २०१९ को फेब्रुअरी र मे २०१९ मा लन्डनमा युरोप स्तरीय भेला गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment