+
+
Shares

डा. गोविन्द केसीद्वारा सर्वोच्चको तारेख अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ८ गते १७:०१

८ फागुन, काठमाडौं । डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् ।

अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको डा. केसीले बताए ।

मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’

डा. केसीले आफूविरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालकले हालेको अदालतको अवहेलना मुद्दामा भने आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।

साथै पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?