Comments Add Comment

धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु

पहिलो दिन सुदूरपश्चिमाञ्चल र एपीएफ विजयी

फाल्गुन ९, धनगढी । धनगढीमा बुधबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ५ विकेटले पराजित गरेको हो । पश्चिमाञ्चलले दिएको ७४ रनको लक्ष्य सुदूरपश्चिमले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

घरेलु टोलीको जितमा विमला भट्टले सर्वाधिक १८, मञ्जु रावलले १२ र रुबी पोद्दारले ८ रनको योगदान गरिने । बलिङतर्फ पश्चिमाञ्चलकी सरस्वती पुनले तीन विकेट र वषर्ा रानाले १ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । पश्चिमाञ्चलका लागि वषर्ा रानाले १४ र सरस्वती पुनले १० रन बनाउनुबाहेक अरु ब्याट्सवुमनले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउदले ३ विकेट लिएर ‘वुमन अफ द म्याच’ घोषित भइ पुरस्कृत भइन् । यस्तै, कविता जोशीले २, कविता कुँवर, डलि भट्ट र सम्झना खड्काले समान १/१ विकेट लिए ।

एपीएफले मध्यपश्चिमाञ्चललाई हरायो

बुधबार नै भएको दोस्रो खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई १० विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले दिएको ३७ रनको लक्ष्य एपीएफले विना कुनै क्षति ४.५ ओभरमा पूरा गर्‍यो । एपीएफका लागि ज्योति पाण्डेयले २५ र सीता रानामगरले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले १८.४ ओभरमा सबै विकेट गुमाएर ३६ रनमात्रै बनाएको थियो । मध्यपश्चिमाञ्चलका गीता गोसाइले १५ रन बनाए पनि अरु खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् । ६ जना खेलाडी विना कुनै रन आउट भए ।

मध्यपश्चिमाञ्चललाई झिनो स्कोरमा समेट्ने क्रममा एपीएफका ऋतु कनौजियाले सर्वाधिक चार विकेट लिँदै ‘वुमन अफ द म्याच’ घोषित भइन् । सोनु खड्का, रेखा रावल, गीता राना र अञ्जली चन्दले समान १/१ विकेट लिए ।

कैलाली जिल्ला खेलकुद विकास समितिको सहकार्य र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गरिएको प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

पाँच विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment