Comments Add Comment

हस्तमैथुन गर्नेहरुले यो कुरा जान्न जरुरी छ

हस्तमैथुनका सम्बन्धमा समाजमा अनेक धारणा व्याप्त छ । कतिले यसलाई समस्या मानेका छन्, कतिले समधान ।

एकथरीको तर्क छ, हस्तमैथुनको स्वास्थ्यमा कुनै हानी छैन । बरु, यसले यौन आवेग शान्त गर्छ । यौन कुण्ठा हटाउँछ । मनोविकार हटाउँछ । अर्को फाइदा त के भने, हस्तमैथुनले बलात्कार जस्ता आपराधिक कृत्य कम गर्न सघाउ पुर्‍याउँछ । किनभने यसले क्षणिक रुपमा यौन उत्तेजना शान्त गर्छ ।

तर, किशोरवयमा पुगेपछि बढ्दो यौन चाहाना शान्त गर्न किशोर/किशोरीले यौनाङ्गमा स्पर्श गर्छन् । उनीहरुले यो कुरा खुलेर बाहिर भन्दैनन् । र, उनीहरुलाई लाग्छ, ‘कतै मैलें नराम्रो काम त गरिरहेका छैन ?’ यस्तै भावनाले उनीहरुमा हिनताबोध पैदा हुनसक्छ ।

विज्ञानले यसलाई गलत भन्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि राम्रो र सामान्य मानिन्छ ।

के हो हस्तमैथुन ?

यौनान्द लिनका लागि जब आफ्नो यौनाङ्ग स्पर्श गरिन्छ, हस्तमैथुन त्यही हो । हरेकले यो आ-आफ्नै ढंगले गर्छन् । हस्तमैथुनको क्रममा उनीहरु यौनजन्य दृश्य, वस्तु आदिको कल्पनामा डुब्छन् ।

के हस्तमैथुन गल्ती हो ?

हस्तमैथुन गल्ती होइन । यो आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो । यसले स्वंमलाई आनन्द दिलाउँछ । यो नितान्त व्यक्तिगत कुरा पनि हो । सार्वजनिक स्थानमा यस्तो काम गर्नु गैर कानुनी मानिन्छ ।

हस्तमैथुन युवा-युवती दुबैले गर्छन् । युवाहरुमा १७ बर्षको उमेरपछि हस्तमैथुनको इच्छा तिब्र हुन्छ ।

के यसले स्वास्थ्यमा हानी गर्छ ?

हस्तमैथुनले स्वास्थ्यमा कुनै हानी गर्दैन । हस्तमैथुनले पागल वा अन्धा बनाउँदैन । हस्तमैथुन गर्दा आँखको तल कालो हुने वा शारीरिक विकास रोक्ने पनि गलत कुरा हुन् ।

सत्य त के भने, यसले हाम्रो तनाव कम गर्छ । शरीरमा खुसी संचार गराउँछ । खुसी ल्याउने हर्मोन इन्डारफिन्स श्राव गराउँछ । यसले रिल्याक्स महसुष हुन्छ ।

साथै हस्तमैथुनले सुत्नका लागि सहयोग गर्छ, निजी अंगलाई सक्रिय राख्छ ।

हस्तमैथुनले स्वास्थ्यमा हानी नपुर्‍याउने मात्र होइन, बरु यौन सम्पर्कभन्दा यो सुरक्षित र गोप्य पनि हुन्छ । यौन सम्पर्कमा कतिपय खतरा वा समस्या हुन्छ, जो हस्तमैथुनमा हुँदैन । यसले यौनजन्य रोगहरु सर्ने भय पनि हुँदैन ।

युवतीका लागि

तुलनात्मक रुपमा युवतीहरुलाई हस्तमैथुन गर्न असहज हुन्छ । उनीहरु आफ्नो यौनाङ्ग खेलाएर वा योनीमा कुनै बस्तु घुसाएर आनन्द लिन्छन् । यस्तो गर्नु त्यसबेलासम्म सुरक्षित हुन्छ, जब त्यो कष्टरहित हुन्छ ।

ख्याल गर्नुपर्ने कुरा के भने, यसरी हस्तमैथुन गर्दा सही र सुरक्षित ढंगले गर्नुपर्छ । घाउ, चोट लाग्ने, अड्कने, ब्याक्टेरिया फैलने कुरामा सर्तक हुनुपर्छ । फोहोर एवं असुरक्षित चिज प्रयोग नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment