+
+
Shares

भक्तपुरमा पुल बनाउँदा ५ जिल्लाको टेलिफोन अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते १२:३९


१३, फागुन, काभ्रे । पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।

विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध भएपछि सेवाग्राहीमारमा परेका छन् ।

भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अप्टिकल फाइबर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो । ल्याण्डलाइन र मोवाइल सेवा बन्द भएको छ ।

नेपाल टेलिकमको अप्टिकल तार भक्तपुरको राधेराधेमा पुल बनाउने क्रममा चुडिएकाले भक्तपुर सहित पूर्वका ५ जिल्लाको मोवाइल फोन अवरुद्ध भएको नेपाल टेलिकम शाखा बनेपाका प्रमुख सुरेन्द्रप्रसाद शाहले बताए ।

शाहका अनुसार साँझसम्म सबै नेटर्वकको समस्या हल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?