Comments Add Comment

सुगरबाट ग्रस्त महिला पनि बन्न सक्छिन् आमा

त्रुटीपूर्ण खानपान र जीवनशैलीले गर्दा आजकाल मधुमेह (डाइबिटीज) को बिरामीहरु बढिरहेका छन् । डाइबिटिजबाट पुरुष र महिला उत्तिकै पिडित छन् ।

महिलाहरुको समस्या त्यतिबेला बढ्छ, जब उनीहरु डाइबिटिजबाट पिडित भएको बेला आमा बन्न चाहन्छन् । डाइबिटिज ग्रस्त महिलाहरु आमा बन्न नसक्ने होइन, तर यसका लागि उनीहरुले थुप्रै सावधानी अपनाउनुपर्ने हुन्छ । के हुन् त ती सावधानी ?

गलत धारणाबाट पर बस्नुस

डाइबिटिज लागेका महिलाहरुले स्वस्थ बच्चा जन्माउन सक्दैनन् भन्ने गलत धारणा अहिले पनि ब्याप्त छ । तर, यो सत्य होइन । उनीहरुले स्वस्थ बच्चा जन्माउन सक्छन् । यसका लागि उनीहरुको ब्लड सुगर नियन्त्रणमा हुनुपर्छ ।

गर्भधारण गर्नुभन्दा अगाडि वा गर्भावस्थाको दौरानमा नियमितरुपमा ब्लड ग्लुकोजमा निगरानी राख्ने, सही औषधि सेवन गर्ने, सन्तुलित आहार लिने र व्यायाम गर्ने गरेर शरीरमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्न सकिन्छ र स्वस्थ बच्चा जन्माउन सकिन्छ ।

यी कुरामा ध्यान दिनुस

टाइप २ डाइबिटिजको प्रारम्भमा केही बीटा सेल्स जीवित हुन्छन् र तिनीहरुलाई सक्रिय गर्नका लागि औषधिको आवश्यकता हुन्छ, जसबाट शरीरमा ब्लड सुगरको मात्रा नियन्त्रित रहन्छ ।

टाइप १ डाइबिटिजबाट पिडितहरुमा सबै बिटा सेल्स मृत भइसकेको हुन्छ । यस्तो स्थितिमा उनीहरुलाई इन्सुलिनको आवश्यकता पर्छ । डाइबिटिज पिडितहरुको उपचारका दौरान डाक्टरहरुको मुख्य उद्देश्य उनीहरुको ब्लड सुगरलाई निर्धारित सिमामा राख्नु हुन्छ ताकि यो रोगले गर्दा कुनै अन्य समस्या नआओस ।

स्मरणीय छ कि, केही बच्चा जन्मैदेखि टाइप १ मधुमेहबाट पिडित हुन्छन् । उनीहरुले जन्मेदेखि नै इन्सुलिनमा निर्भर हुनुपर्छ ।

खुट्टालाई नजरअन्दाज नगर्नुस

डाइबिटिज भएकाहरुले ब्लड सुगरको स्तरलाई नियन्त्रित राख्नुका अलावा उनीहरुले आफ्नो खुट्टाको पनि विशेष ख्याल राख्नुपर्छ । डाइबिटिज पिडितहरुमा खुट्टामा संक्रमण हुनु सामान्य हो । यसको यदि समयमै निदान तथा उपचार भएन भने खुट्टै काट्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले यसबाट बच्नका लागि डाइबिटिज पिडितले नियमितरुपमा आफ्नो खुट्टाको सफाई गर्ने र खुट्टामा कुनै चोट लाग्न तथ घाउन हुनबाट जोगिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment