+
+
Shares

डा. युवराज खतिवडा अर्थमन्त्री निश्चित, ईश्वर पोखरेलले पनि सपथ लिने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते १०:२७

१४ फागुन, काठमाडौं । नेकपा एमालेबाट सोमबार दुई मन्त्रीले मात्र सपथग्रहण गर्ने भएका छन् । एमालेका एक शीर्ष नेताका अनुसार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् ।

खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, महासचिव पोखरेलको मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?