News Summary
Generated by OK AI. Editorially reviewed.- सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने भएको छ ।
- पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई र दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
- सेमिफाइनल पुगेका नेपाल, हङकङ, ओमान र मलेसिया चारवटै टोली आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।
२४ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङसँग खेल्ने भएको छ । आइतबार दिउँसो भएको दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । शाहिद वासिफले ५९ रन बनाएर अविजित रहे । बाबर हायात २४ रनमा अविजित रहे ।
मलेसियाका विजय उन्नीले २ विकेट लिँदा सायद अजिज र विरानदीप सिंहले १-१ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो । विरानदीपले सर्वाधिक ४५ रन बनाए ।
हङकङका लागि एहसान खानले ४ विकेट लिए । आयुष शुक्ला र मोहम्मद हसन खानले २-२ तथा यासिम मुर्तजाले १ विकेट लिए ।
यसअघि आजै भएको पहिलो सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेल सोमबार दिउँसो सवा १२ बजे हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि ओमान र मलेसिया विहान सवा ७ बजेदेखि खेल्नेछन् ।
नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।
प्रतिक्रिया 4