News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ को फिफा विश्वकपमा आठ दाजुभाइ जोडीले समान वा फरक राष्ट्रिय टोलीबाट सहभागिता जनाउने भएका छन् ।
- तीमध्ये चार जोडी दाजुभाइले फरक–फरक देश रोजेका छन्, जसमा घाना र स्पेनबाट खेल्ने विलियम्स दाजुभाइ पनि छन् ।
- एउटै देशबाट खेल्नेमा फ्रान्सका हर्नान्डेज र नेदरल्यान्ड्सका टिम्बर दाजुभाइ छन्, जसको नकआउट चरणमा आमनेसामने हुने सम्भावना छ ।
२४ जेठ, काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा एउटा दुर्लभ पारिवारिक कथा देखिने भएको छ, जहाँ आठ दाजुभाइ जोडी विभिन्न राष्ट्रिय टोलीबाट प्रतियोगितामा सहभागी हुनेछन् ।
यीमध्ये केही दाजुभाइ एउटै टोलीमा खेल्नेछन् भने केहीले फरक–फरक देशको प्रतिनिधित्व गर्दै एकअर्काविरुद्ध खेल्ने सम्भावना पनि बनाएका छन् । सबैभन्दा रोचक पक्ष भनेको चार जोडीले फरक राष्ट्र रोजेका छन्, जसले पारिवारिक सम्बन्ध र राष्ट्रिय पहिचानबीचको आधुनिक फुटबलको जटिलतालाई झल्काउँछ ।
फ्रान्स र आइभरी कोस्टका लागि क्रमशः खेल्ने डिजायर डुए र गुएला डुए यस सूचीका प्रमुख नाम हुन् । गुएलाले आइभरी कोस्टबाट खेल्दै २० खेलमा ३ गोल गरेका छन् भने डिजायरले फ्रान्सका लागि ६ खेलमा २ गोल गरेका छन् । केही दिनअघि भएको खेलमा गुएलाले फ्रान्सविरुद्ध शानदार प्रदर्शन गर्दै जितको नायक नै बने ।
सबैभन्दा चर्चित जोडी इङ्ल्यान्डमा आधारित विलियम्स दाजुभाइ हुन् । इन्जाकी विलियम्सले घानाको प्रतिनिधित्व रोजेका छन् भने उनका भाइ निको विलियम्सले स्पेनका लागि खेल्दै युरोकप २०२४ समेत जितिसकेका छन् ।
अन्य उदाहरणमा घानाका डेरिक लकासेन र नेदरल्यान्ड्सका ब्रायन ब्रोबी रहेका छन्, जसले फरक–फरक राष्ट्रिय टोलीसँग सम्बन्ध बनाएका छन् । त्यस्तै, स्कटल्याण्डका जोन साउटर र अष्ट्रेलियाका ह्यारी साउटर पनि फरक देशबाट खेल्ने दाजुभाइ हुन् ।
त्यसैगरी केही दाजुभाइ एउटै देशबाट खेलिरहेका छन् । फ्रान्सका लुकास हर्नान्डेज र थियो हर्नान्डेज दुवै राष्ट्रिय टोलीका हिस्सा हुन् । नेदरल्यान्ड्सका क्विन्टेन र जुरिएन टिम्बर पनि एउटै देशका लागि खेल्छन् ।
केप भर्डेका लारोस र डेरोय डुआर्टे तथा कुराकाओका लियान्द्रो र जुनिन्हो बाकुना पनि दाजुभाइ जोडीका रूपमा विश्वकप यात्रामा छन् ।
समूह चरणको ‘ड्र’ अनुसार फरक देश रोजेका दाजुभाइहरू प्रारम्भिक चरणमै एकअर्कासँग भिड्ने सम्भावना भने छैन । तर नकआउट चरणमा पुगेपछि मात्र उनीहरू आमनेसामने हुने सम्भावना खुला रहनेछ ।
प्रतिक्रिया 4