+

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

२०८३ जेठ  २४ गते ९:३८ २०८३ जेठ २४ गते ९:३८
एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
  • ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।
  • नेपाली बलर करण केसीले ३ विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिएपछि ओमान ९४ रनमा खुम्चिएको थियो ।

२४ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरुा गर्‍यो ।

नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।

नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय