News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ मा सहभागी हुने इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा कडा यात्रा नियम लागू गरिएको छ ।
- भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखेको छ ।
- राजदूत पसन्दिदेहले पत्रकारहरूसँग, "हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौं र त्यही दिन फर्किनुपर्छ" भन्नुभयो ।
२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा सहभागी हुने इरानी फुटबल टोलीलाई कडा यात्रा नियम लागू गरिएको छ । इरानका मेक्सिकोस्थित राजदूत अबोलफाज पसन्दिदेका अनुसार टोलीलाई अमेरिकामा हुने खेलका दिन मात्र प्रवेश गर्न र सोही दिन बाहिरिन निर्देशन दिइएको छ ।
शुक्रबार इरानी खेलाडीहरूले अमेरिकी भिसा पाए पनि इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजसहित टोलीसँग सम्बन्धित केही अधिका भिसाबाट वञ्चित भएको बताइएको छ ।
भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखेको छ । टोलीले विश्वकप अवधिभर त्यहीँबाट तयारी गर्नेछ ।
राजदूत पसन्दिदेहले पत्रकारहरूसँग भने, ‘हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौं र त्यही दिन फर्किनुपर्छ ।’
यद्यपि, टोलीका प्रवक्ता अमिर महदीले खेलाडीहरूलाई बहुप्रवेश (मल्टिपल इन्ट्री) भिसा दिइएको र टोली खेलअघि एक वा दुई दिन अगावै खेलस्थलमा पुग्ने बताएका छन् । यसले यात्रा व्यवस्थाबारे अन्योल सिर्जना गरेको छ ।
समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्ड विरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्ट विरुद्ध खेल्दै समूह चरणको अभियान पूरा गर्नेछ ।
प्रतिक्रिया 4