+

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल विजयी

२०८३ जेठ  २४ गते ९:१२ २०८३ जेठ २४ गते ९:१२
मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्टार खेलाडी लियोनल मेस्सीविना मैदान उत्रिएको विश्व विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा होन्डुरसलाई २-० गोलले पराजित गरेको छ ।
  • युवा खेलाडी एन्ड्रिकको निर्णायक गोलको मद्दतमा ब्राजिलले मैत्रीपूर्ण खेलमा इजिप्टलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
  • बायाँ खुट्टाको ह्यामस्ट्रिङमा मांसपेशीको थकान देखिएकाले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई मैत्रीपूर्ण खेलमा आराम दिइएको हो ।

२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाल र ब्राजिलले जित हात पारेको छ ।

स्टार खेलाडी लियोनल मेस्सीबिनै मैदानमा उत्रिएको विश्वकपको साविक विजेता अर्जेन्टिनाले आइतबार बिहान भएको खेलमा होन्डुरसलाई २-० ले हरायो ।

अर्जेन्टिनाका लाउतारो मार्टिनेजेल ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । जिउलियानो साइमोन ५५औं मिनेटमा अर्जेन्टिनाको लागि दोस्रो गोल गरे ।

मेस्सीले खेलअघि अभ्यास गरेपनि मैदानमा भने उत्रिएनन् । विश्वकपको तयारीलाई ध्यानमा राख्दै मेस्सीलाई मैत्रीपूर्ण खेलमा नखेलाइएको हो ।

उनको बायाँ खुट्टाको ह्यामस्ट्रिङमा मांसपेशीको थकान देखिएकोले आराम दिइएको हो ।

यस्तै एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलले इजिप्टलाई २-१ ले पराजित गरेको छ ।

ब्राजिलको जितमा ब्रुनो गुमाइरेज र एन्ड्रिकले गोल गरे । इजिप्टका मोस्ताफा जिकोले एक गोल गरे । ब्रुनो गुमाइरेजले आठौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

इजिप्टका मोस्टाफा जिको ११औं मिनेटमा बराबरी गोल फर्काए ।  तर एन्ड्रिकले ५३औं मिनेटमा राफिन्हाको पासमा ब्राजिलका लागि विजयी गोल गरे ।

ब्राजिलले स्टार फरवार्ड नेयमारबिना नै इजिप्ट विरुद्ध खेलेको थियो ।

अर्जेन्टिना फुटबल ब्राजिल फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय