Comments Add Comment

कर्णाली प्रदेशका सांसद् शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन

भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन


१५ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै सांसद पद र पार्टी सदस्यबाट दिएको राजीनामा फिर्ता लिन निर्देशन दिएको हो ।

प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र आर्थिक चलखेलमा मन्त्री छनोट गरिएको भन्दै शाहीले गत साता प्रदेशसभा सदस्य र पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । उनले प्रदेशसभा सदस्यको राजिनामा हुलाकमार्फत कर्णाली प्रदेशका सभामुखलाई पठाएका थिए ।

शाहीको राजीनामा बारे पार्टी स्थायी कमिटीमा छलफल भएको र केही कमी–कमजोरी भएको ठहर नेतृत्वले गरेको प्रदेश संयोजक युवराज ज्ञवालीले पत्रमार्फत जनाएका छन् । उनले शाहीलाई पत्र लेखी राजीनामा र्फिता लिन र पूर्ववत जिम्मेवारीहरुमा फर्किन निर्देशन दिएका छन् ।

शाही कर्णाली प्रदेशको सभामुखका दाबेदार थिए । तर सभामुख र मन्त्री केही पनि नदिई पार्टीमा कम लगानी र योगदान दिएकालाई अवसर दिइएपछि शाहीले अपमानित भएर राजीनामा दिएका थिए ।

शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी कर्णालीका एमाले नेताहरुमध्ये सिनियर मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment