+
+
Shares

भरतपुर महानगरका ठेला व्यवसाय एक हप्ताभित्र हटाइने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १५ गते १३:१८

१५, फागुन, चितवन । भरतपुर महानगरपालिकाले सडकमा जथाभावी ठेलामा गरिने व्यापारलाई एक हप्ताभित्र हटाउने भएको छ ।

साँघुरो नारायणगढ क्षेत्रमा ठेलाको ब्यापारीको जगजगी छ । जथाभावी ठेला राखेर व्यापार गर्दा सडक यात्रु हिड्न र सवारी पार्किङ गर्न समस्या भएको छ ।

पूर्वपश्चिम राजमार्गमा नै नारायणगढ बजार पर्दछ । ठूला-ठूला महल बजार क्षेत्रमा उभ्याएर मासिक लाखौं भाडा उठाउनेहरुले समेत पार्किङ सडकलाई नै बनाएका छन् ।

बजार क्षेत्र अव्यवस्थित र अस्तव्यस्त देखिन्छ । यसलाई सुधार गर्ने महानगरको प्रयास कागजभन्दा बाहिर देखिएको छैन ।

तर, फेरिपनि भरतपुर महानगरपालिकाले एक साताभित्र बजार क्षेत्रमा बसेर गरिदैं आएको ठेलाको व्यापार हटाउने दावी गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक हप्ताभित्र सडकबाट ठेला हटाउने प्रतिवद्धता जनाएका छन् ।

‘सार्वजनिक ठाँउमा व्यापार व्यवसाय गर्न पाइदैन,’ प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, ‘यसलाई हटाउनै पर्दछ व्यवस्थित गर्न सकिदैन, ठाउँ नै छैन अब ।’

कसैलाई पनि दयामा माया देखाएर सडकमा ठेला राखी व्यापार गर्न दिन नसकिने भन्दैं प्रमुख प्रशासकीय अधिकृत जोशीले प्रश्न गरे, ‘मलाई पनि सार्वजनिक जग्गाका बसेर ब्यापार गर्ने रहर छ पाउँछु मैंले?’

दिउँसोमा लखेट्ने, साँझमा भेट्ने 

भरतपुर महानगरमा केही नगर प्रहरी छन् । ती प्रहरीको काम यस्तैं व्यापारीलाई खोज्दै हिड्ने हो ।

विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा बसेर ब्यापार गर्नेहरुलाई खोज्दै हिड्ने, पक्राउ गर्ने, सामान जफत गर्ने काम हुन्छ । तर, जब साँझ पर्न थाल्छ त्यसपछि महानगरको पैसा उठाउने कम्पनी तिनै ठेला पसलेहरुकोमा बिल लिएर जान्छ ।

सडकमा व्यापार गरेवापत हरेक ठेलावालाले दैनिक ५० रुपैयाँ वेष्ट म्यानेजमेन्ट प्रा.लि ग्रूपलाई बुझाउँदै आएका छन् ।

यो समूहले उठेको सवै रकम महानगरपालिकाको खातामा जम्मा गरिदिन्छ र महानगरले ३० प्रतिशत रकम कट्टा गरी बाँकी रकम यहि समूहलाई नै फिर्ता दिन्छ ।

दिउँसोमा ठेला समस्या देख्ने महानगर साँझ परेपछि पैसा उठाउन पठाउने गरेको एक ठेलावालाले गुनासो पोखे ।

दिउँसोमा नगर प्रहरी हेर्न एक जना र ब्यापार गर्न अर्को एक जना बस्नुपर्ने वाध्यता भएको ठेलावालाको भनाइ छ ।

महानगरसँग बजार क्षेत्रमा कति ठेला छन् भन्ने एकीन तथ्याङ्क छैन ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले ठेलावालाले ब्यापार गर्नेसँग फोहरको सरसफाई शुल्क मात्रैं कम्पनी मार्फत लिएको दावी गर्दछन् ।

महानगरपालिका स्वंयले दोहोरो मापदण्ड अपनाउँदा ठेलाको ब्यापार बजार क्षेत्रमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?