Comments Add Comment

गर्भावस्थामा तौल घटाउने सरल उपाय

गर्भावस्थामा शरीरको तौल बढ्नु स्वभाविकै हो । यस्तो समयमा महिलाले पौष्टिक आहार बढी मात्रामा सेवन गर्नु तथा गर्भावस्थामा महिलालाई घरकमा कुनै काम गर्न नदिने कारणले शरीरको तौल बढेको हुन्छ ।

गर्भावस्थामा शरीरको तौल बढ्नु सामान्य र राम्रो कुरा हो, तर आवस्यक भन्दा बढी तौल बढ्नु शरीरको लागि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा गर्भवती महिलाले आफ्नो शरीरको तौल घटाउनु निकै आवस्यक हुन्छ । तर तौल घटाउने निहुामा जथाभावी व्यायाम गर्नु स्वास्थ्यमा नराम्रो प्रभाव पार्नुका साथै पेटमा भएको बच्चालाई पनि हानिकारक हुन सक्छ ।

गर्भावस्थामा आफ्नो शरीरको तौल आवस्यक भन्दा बढी बढ्न नदिन चिकित्सकहरुको सल्लाह लिएर केही सामान्य व्यायाम गर्दा उचित हुन्छ ।

१. गर्भावस्थामा तौल बढ्नुको कारण

गर्भावस्थामा गर्भवती महिलाको शरीरमा केही परिवर्तन आएको हुन्छ । जस्तै शरीरको तौल बढ्नु । गर्भावस्थामा महिलाको तौल पहिलाको तुलनामा ७ देखि १८ किलो सम्म तौल बढेको हुन्छ, जुन सामान्य कुरा हो । पौष्टिक आहारको बढी मात्रामा सेवन तथा गर्भावस्थामा महिलाहरु अन्जानमा केही गल्तीहरुको कारणले गर्दा शरीरको तौल बढेको हुन्छ ।

२. निन्द्राको कमी

केही महिलाहरुलाई बेलुकाको समयमा किताब पढ्ने तथा फिल्म हेर्ने बानी लागेको हुन्छ । जसको कारणले उसलाई निन्द्राको कमी भएको हुन्छ ।

निन्द्राको कमीको कारणले गर्दा पनि गर्भावस्थामा गर्भवती महिलाको तौल बढेको हुन्छ । गर्भावस्थामा महिलाको हार्मोनमा केही परिवर्तन हुने भएकोले गर्भवती महिलालाई धेरै आराम गर्नु आवस्यक हुन्छ । त्यसैले गर्भावस्थामा महिलालाई निन्द्रासाग लापर्वाही गनु उचित हुादैन ।

३. तनाव कम गर्नु

गर्भावस्थामा गर्भवती महिलाले तनाव लिनु नै सबैभन्दा ठूलो खतराको विषय हो । कैयौ महिलाहरु गर्भावस्थामा निकै तनाव लिने गर्दछ, जसको कारण महिलाको तौल बढेको हुन्छ साथसाथै स्वास्थ्यमा पनि निकै असर पुर्‍याइरहेको हुन्छ । त्यसैले गर्भावस्थामा तनावलाई कम गर्नु पर्छ, सधै खुसि हुनुपर्छ र दिमागलाई फ्रेस गर्नुपर्छ ।

४. डायविटीज तथा उच्च रक्तचाप

अस्त व्यस्त जीवनशैली तथा खानपानमा उचित ध्यान नदिने कारणले गर्दा कतिपय गर्भवती महिलाहरु डायविटीज तथा उच्च रक्तचाप सिकार भएको हुन्छ । कैयौ महिलाहरुलाई यो रोग लागेको पनि हुन सक्छ । डायविटीज तथा उच्च रक्तचापले गर्दा पनि गर्भावस्थामा तौल बढेको हुन्छ, साथै पेटको बच्चालाई पनि नराम्रो असर पुर्‍याइरहेको हुन्छ । त्यसैले गर्भावस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यको नियमित रुपमा जचाइरहनु पर्छ ।

५. अधिक मात्रामा क्यालोरीको सेवन

गर्भावस्थामा गर्भवती महिलालाई निकै भोक लाग्ने भएको कारणले जानी नजानी अधिक मात्रामा क्यालोरी सेवन गरिरहेको हुन्छ । जस्को कारणले महिलाको तौल बढिरहेको हुन्छ । सुरुमा गर्भवती महिलाको तौल चाडो बढेको हुन्छ ।

यदि गर्भावस्थामा गर्भवती महिलाले दैनिक ४५० अतिरिक्त क्यालोरी लिन्छ भने हप्तामा उक्त महिलाको तौल आधा किलोसम्म बढेको हुन्छ, र महिनामा २ किलोसम्म बढेको हुन्छ । त्यसैले गर्भावस्थामा गर्भवती महिलाले यदि तौल नियन्त्रण गर्ने हो भने क्यालोरीको मात्रामा पनि कमी ल्याउनु पर्ने हुन्छ ।

गर्भावस्थामा गर्भवती महिलाले चिकित्सकको सल्लाह बमोजिम नियमित रुपमा हल्का व्यायाम गर्नुपर्दछ । साथसाथै बाहिरी खानपानमा पनि नियन्त्रण गर्नु पर्छ । प्रशस्त मात्रामा पानी पिउनु पर्छ र हरियो सागसब्जी बढी मात्रामा सेवन गर्नाले पनि तौल नियन्त्रित हुन्छ । गर्भवती महिलाले अल्कोहलको प्रयोग गर्नु पनि स्वास्थ्यको दृष्टिकोणबाट निकै हानिकारक मानिन्छ भने पेटमा भएको बच्चाको स्वास्थ्यमा पनि हानी पारेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment