Comments Add Comment

यौनका लागि बच्चामा यस्तो हडबडाहट किन ?

प्रसंग छिमेकी भारतको हो । स्कुलमा पढिरहेका एक बच्चाले सोशल मिडियामा आफ्नै शिक्षकलाई धम्कीपूर्ण पोस्ट गरें, तिम्रो छोरीलाई तिम्रै अगाडि बलात्कार गर्छु भन्ने आशयको ।

रिपोर्ट अनुसार दिल्ली नजिकै एक निजी स्कुलको शिक्षकलाई आफ्नै विद्यार्थीबाट यस्तो धम्की आएको हो । ति शिक्षकको छोरी पनि सोहि विद्यालयमा पढ्दै थिए ।

अर्को घटना पनि छ ।

त्यही स्कुलमा पढ्ने अर्को छात्रले आफ्नो स्कुलको कम्प्युटर ल्याबमा बसेर स्कुलको दुई शिक्षिकासँग क्यान्डिल लाइट डिनर र सेक्स गर्ने प्रस्ताव गरे ।

खबर अनुसार दुबै बच्चाको उमेर १२ र १५ बर्षको छ ।

बच्चामा किन यस्तो ?

यसको जबफमा मनोविज्ञले भनेका छन्, भारतमा मात्र होइन, विश्वमै बच्चामा ‘सेक्सुअल म्याचुरिटी’को उमेर कम भएको छ । सेक्सुअल म्याचुरिटीलाई प्यूबर्टी पनि भनिन्छ । यसको अर्थ हो यौवनावस्थाको क्रममा शरीरमा हुने परिवर्तन ।

यौन मनोविज्ञका अनुसार पछिल्लो समय बच्चाको खानपानको स्थितीमा आएको परिवर्तन आएको छ । उनीहरुको खानपानमा सुधार भएको छ । यसकै कारण केटीमा मासिक श्राव, स्तन बढ्ने र शरीरको विकास छिटो भइरहेको छ । यहि कुरा केटाको सन्दर्भमा पनि लागु भएको छ । केटाहरुमा पनि पहिलाभन्दा छिटो शारीरिक विकास भएको छ ।

२०१२ मा अमेरिकन एकेडेमी अफ पीडियटि्रक्स डिपार्टमेन्टको शोध अनुसार केटामा यौवनावस्थाको उमेर पछिल्लो रिसर्च अनुसार ६ देखि दुई बर्ष अघि नै भएको छ । यो शोध अमेरिकामा ४ हजार १ सय केटाहरुमा गरिएको थियो ।

अमेरिका एकेडेमी अफ पीडियाटि्रक्स डिपार्टमेन्टको यो शोध २०१० मा केटीहरुमाथि गरिएको थियो । उक्त शोध अनुसार अमेरिकामा केटीहरु ७ बर्षको उमेरमै सेक्सुअली म्याचुअर भइरहेका छन् । यो शोध १२ सय केटीमाथि गरिएको थियो ।

सेक्सुअल म्याचुरिटीको उमेरमा असर

के सेक्सुअल म्याचुरिटीको घट्दो उमेरका साथ बच्चाको दिमाग पनि उत्तिकै परिपक्क हुँदैछ ?

रिसर्चमा पाइए अनुसार उमेर अनुसार उनीहरुको मानसिक परिपक्कता भएको छैन । यहि असन्तुलनको कारण हो, बच्चाहरुमा हडबडाहाट ।

सेक्सुअल म्याचुरिटीको घट्दो उमेरको अर्को कारण चाहि अहिले यौनजन्य सामाग्रीको सहज उपलब्धता नै हो । यो जानकारी उनीहरुले इन्टरनेट, मिडिया, टिभी, फोनको माध्यामबाट पाइरहेका छन् । उनीहरुको पहुँचमा पुगिरहेको छ ।

तर, दुखलाग्दो चाहि के भने, उनीहरुले पाएका यी जानकारी आफैमा पूर्ण छैन । अधुरो छ ।

अब आमाबुवाले के गर्ने ?

मनोविज्ञका अनुसार अब आमाबुवाले पनि आफ्नो सोंच र शैली परिवर्तन गर्नुपर्नेछ । अहिले आमाबुवाले बच्चाहरुलाई अरुकै भरमा छाड्ने गर्छन् । आफैले रेखदेख गरिरहेका हुँदैनन् । आफ्नो निगरानीमा राखेका हुँदैनन् ।

त्यही कारण बच्चाहरु के गर्छन्, के पढ्छन्, के हेर्छन् भन्ने कुरा आमाबुवालाई थाहा हुन्न ।

अर्को कुरा, जब बच्चा स्कुल पुग्छन्, उनीहरु ठूला वा सिनियरको संगतमा घुलमिल हुन्छन् । उनीहरुसँग कुराकानी गर्छन् । घनिष्ठता बढाउँछन् । तर, ति साथीहरुसँग आफ्ना बच्चाले के कुरा गर्छन् भन्नेमा अभिभावकहरु बेखबर हुन्छन् ।

त्यसैले अब अभिभावकले पनि बच्चाहरुको उचित ख्याल राख्नुपर्नेछ । बच्चाले के गर्दैछ, कहाँ जाँदैछ, कोसँग भेट्दैछ, के हेर्दैछ, के पढ्दैछ भन्ने कुरामा आमाबुवाले चासो राख्नुपर्छ । निगरानी राख्नुपर्छ ।

बच्चालाई फकाउनका लागि, फुल्याउनका लागि तुरुन्तै फोन, ल्यापटप दिने नगरौं । किनभने यी माध्याबाट पाउने गलत र अधुरो जानकारीको भरमा बच्चाहरु गलत बाटोमा लाग्न सक्छन् ।

यौनको कुरा खुलस्त गर्नुहोस्

यौन चासो र रुची स्वभाविक रुपमा बढ्छ । त्यसलाई रोकेर रोक्न सकिदैन । नियन्त्रण गर्न सकिदैन । तर, व्यवस्थापन भने गर्न सकिन्छ ।

बच्चाहरुलाई यौनको बारेमा स्पष्ट कुरा बताइदिनुपर्छ । उनीहरुले कुनै प्रश्न सोधेमा त्यसको सही जबाफ दिनुपर्छ, बुझ्ने भाषामा । बच्चाले यौनबारे कुनै जिज्ञासा राखेमा त्यसबाट पन्छिने गर्नु हुँदैन ।

मनोविज्ञका अनुसार जब बच्चाले यौनका विषयमा चासो राख्न थाल्छन् उनीहरुलाई त्यसको स्पष्ट जानकारी दिनुपर्छ । गलत कुरालाई गलत र सही कुरालाई सही भनेर प्रष्ट पार्नुपर्छ ।

सेक्सबारे बच्चालाई बताउने

मनोविज्ञका अनुसार उमेर अनुसार बच्चालाई सम्झाउने तरिका फरक हुन्छ । ११ देखि १२ बष्र्गाको बच्चालाई यदि सेक्सको बारेमा बताउनुपर्‍यो भने उनीहरुलाई यो बच्चा जन्माउने प्रक्रिया हो भनेर बुझाउनुपर्छ ।

आठदेखि १० बर्षका बच्चालाई सम्झाउँदा यो ‘फिजिकल मेनेफेस्टेशन अफ लभ’ भनेर बुझाउने । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment