Comments Add Comment

प्रदेश ७ः प्रदेश प्रहरी कार्यालयमा कुकुर शाखा उद्घाटन

१७ फागुन, कैलाली । प्रदेश ७ स्थित प्रदेश प्रहरी कार्यालयमा कुकुर शाखाको उद्घाटन गरिएको छ ।

संघीय इकाइ प्रहरी कार्यालय परिसरमा रहेको शाखाको एक कार्यक्रमका बीच प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै नेपालले सीमा क्षेत्रबाट अवैध रुपमा हुने लागुऔषध, हातहतियार ओसारपसार लगायत आपराधिक गतिविधि गरेर भाग्न खोज्ने अपराधीहरुलाई कुकुरको मद्दतले नियन्त्रणमा लिन सकिने विश्वास व्यक्त गरे ।

प्रहरी प्रधान कार्यालयबाट हाल यहाँ जर्मन सेफर्ड दुई वटा र ल्याब्राडोर २ वटा गरी ४ वटा कुकुर ल्याइएको छ ।

करिब ५९ लाखको लागतमा ६ वटा कुकुर राख्न मिल्ने गरी ९ कोठे भवन समेत निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment