+
+
Shares

पर्सामा १० वर्षीया बालिका बलात्कृत, ६ जना नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १७ गते १३:४७
सांकेतिक फोटो

१६ फागुन, वीरगञ्ज । पर्साको निचुटामा १० बर्षीया बालिका बलात्कृत भएकी छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा बस्ने बालिकालाई बलात्कार गरिएको हो ।

बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमामा उपचार भइरहेको छ । बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखुबारीमा बालिकाको बलात्कार भएको हो ।

गाउँ नजिकै माछा पोखरीमा माछा मार्न आएका मलाहामध्ये कसैले बलात्कार गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पटेर्वा सुगौली गाउँ कार्यपालिकाका सदस्य विपिन मुखियाले बालिकाको बलात्कार भएको जानकारी गराए । ‘साँझको घटना हो, घटना घटाउने व्यक्तिको खोजी भइरहेको छ’ उनले भने ‘साँझ नै बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गर्‍यौं, शल्यक्रिया पछि अब बालिकाको अवस्था सामान्य छ ।’

इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वा सुगौलीले घटनाबारे अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?