Comments Add Comment

चैत महिनाभित्रै एमाले र माओवादीबीच एकता हुन्छ : माधव नेपाल


१८ फागुन, रामेछप । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चैत महिनाभित्र पार्टी एकता हुने बताएका छन् ।

रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले भने, ‘एमाले र माओवादी केन्द्रबीचको एकताको सबै तयारी पूरा भइसक्यो । अब घोषणा हुन मात्र बाँकी छ ।’

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका विषयमा कुनै शंंका नरहेको पनि उनले प्रष्ट पारे । पार्टी एकता संयोजन समितिले एकता प्रक्रियाको कामलाई अन्तिम रुप दिन लागेको समेत नेता नेपालले बताए ।

जनताले निर्वाचनमार्फत वाम एकतालाई अनुमोदन गरेकोले अब एकता नगरी धर नै नभएको नेपालले बताए । नेता नेपालले दुई पार्टीबीचको सैद्धान्तिक विषयको सम्बन्धमा अहिलेसम्म प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै नमिलेका विषयलाई बहसमा लैजान पर्ने बताए ।

‘मिलेसम्म सबै कुरा अहिले नै मिलाएर लैजाने हो । यदि कुनै कुरामा विमति भयो भने त्यसलाई कार्यकर्तातहसम्म बहसमा लैजानु पर्छ र महाधिवेशनबाट अनुमोदन गराउनु पर्छ’, नेपालले भने । दुई पार्टीको सहमतिमा सरकार गठन भएको भन्दै अब देशमा अस्थिरता अन्त भएको पनि नेता नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment