
१९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै प्रा. डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने भएका छन् ।
डा. केसीले दुईबुँदे माग अघि सार्दै अनसन बस्ने घोषणा गरेका हुन् ।
प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नु पर्ने उनको माग छ ।
डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4