२० फागुन, काठमाडौं । प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् ।
उनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
आइतबार अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वाचित सांसद्को सपथ ग्रहण हुँदैछ ।
सिलवालमाथि आईजीपी बढुवाका वेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप लागेको छ ।
त्यसको अनुसन्धानको जिम्मा काठमाडौं प्रहरी परिसरले पाएको थियो । र, परिसरले अनुसन्धानपछि तयार पारेको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पुगेर थन्किएको छ ।
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4