२१ फागुन, काभ्रे । जिल्ला कारागार काभ्रेमा कैदीबन्दीहरुले सोमबार विहानदेखि नारा जुलुससहित आन्दोलन थालेका छन् ।
दैनिक उपभोग्य खाद्यन्नमा नाइकेहरुले मनलाग्दी भाउ लिएको र आर्थिक हिनामिना गरेको आरोपमा कैदीहरुले आन्दोलन थालेका हुन् ।
सोमबार विहानदेखि कैदीहरुले खाद्यन्नमा अनावश्यक मुल्य वृद्धि गरेको भन्दै कारागारभित्रै नाराजुलुस गरेका जिल्ला कारागारले जनाएको छ ।
कैदीहरुले चौकिदार, मुलनाइके, नाइके र सहनाइकेहरुलाई कारागारभित्र नै थुनेर राखेका छन् ।
कैदीहरुले उपभोग गर्ने खाना खाजा र पानीमा नाइके, मुल नाइकेले बजार मूल्य भन्दा बढी देखाउने गरेको र दूषित वस्तुहरुको उपभोग गर्न बाध्य भएको उनीहरुले बताएका छन् ।
कारागार प्रमुख बाहिर रहेकाले समस्या समाधानका लागि दुई पक्षबीच वार्ता गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4