+
+
Shares

बाघको छाला तस्करीमा संलग्न डिमेलाई दिल्लीबाट ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १७:०६

२० फागुन, काठमाडौं । वन्यजन्तुको तस्करी तथा ओसारपसार मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका एक जना अपराधीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

बाघको छाला र हड्डीको तस्करीमा संलग्न लोडु डिमेलाई नयाँ दिल्लीमा पक्राउ गरी सोमबार इयर इन्डियाको फ्लाइट नम्बर एआई २१३ मार्फत नेपाल ल्याएको हो ।

डिमेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा २२ माघ ०७४ मा रेड कर्नर नोटिस जारी भएको थियो ।

उनलाई जिल्ला वन कार्यालय, नुवाकोटले १३ असार ०७० मा १ लाख रुपैयाँ रुपैयाँ जरिवाना तोकेको थियो । तर, पुनरावेदन अदालत, पाटनले २१ फागुन ०७४ मा त्यस फैसलालाई उल्ट्याएर ५ वर्ष कैद सजाय तोकेको थियो ।

उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गर्ने तयारी भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?