+
+
Shares

कांग्रेसलाई विद्या भण्डारीको आग्रह : भित्री आँखाले पनि हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २३ गते १६:०२

२३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षे कार्यकालमा आफूले प्रश्न उठाउने ठाउँ नदिएको बताएकी छन् ।

दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले संक्रमणकालमा राष्ट्रिय हितलाई ध्यानमा राखेर भूमिका खेलेको बताइन् । संविधान कार्यान्वयनमा पनि आफ्नो भूमिका आवश्यक देखेर उम्मेदवारी दिएको भन्दै उनले सबैले सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।

कांग्रेसले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, कसले के आरोप लगायो म त्यतातिर जान्नँ । तर, मेरो भूमिकालाई बाहिरी आँखाले मात्र होइन, भित्री आँखाले पनि हेर्न आग्रह गर्छु ।’

यो पनि पढ्नुस् 

हार्ने चुनाव किन लड्दैछ कांग्रेस ? शशांक भन्छन्- विद्या भण्डारीको नाममा असहमति दर्ज गर्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?