Comments Add Comment

‘सुश्री सम्पत्ती’मा हट प्रियंका


नायिका प्रियंका कार्कीको चलचित्र ‘सुश्री सम्पत्ती’मा कस्तो भूमिका होला भन्ने कौतहुलता चलचित्रको घोषणा कार्यक्रमदेखि नै भैरहेको छ । निर्माणपक्षले चलचित्रमा प्रियंका विशेष भूमिकामा रहेको बताएको थियो ।

तर, चलचित्रको एक गीतको छायांकनसँगै प्रियंकाको भूमिका खुलेको छ । चलचित्रमा उनको एउटा आइटम गीत र केहि दृश्य भएको वुझिएको छ । पोखराको एक डिस्कोमा चलचित्रमा समावेश ‘झुम्की’ बोलको आइटम गीतको छायांकन गरिएको छ । सुरेश अधिकारीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा मिना निरौला र राजन इशानको स्वर छ ।

सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरिरहेका छन् । चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिने बताइएको छ । चलचित्रमा सलोन बस्नेत, प्रमोद अग्रहरि, राजाराम पौडेल, सारा लगायतका कलाकारको अभिनय छ । रमेश त्वयनाले यो चलचित्रको निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment