
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझै पनि संघीयता बारे शंका रहेको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा ओाजित नरेश बमद्वारा लिखित ‘सबल’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद समेत रहेका थापाले यस्तो दावी गरेका हुन् ।
‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ, यो राम्रो होइन,’ उनले अघि भने, ‘त्यस्तै मोहन विक्रमले यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ, पाँच वर्षपछि उहाँहरुको भनाइले व्यवहारिकता नपाओस् ।’
तर उनले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने जिकिर गरे । उनले भने,’संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन् ।’
कालीकोट स्थायी घर भएका लेखक बमको उक्त पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता थापाले पुस्तक लेख्नको लागि आँट चाहिने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4