Comments Add Comment

नारायणगढ-मुग्लिन सडकखण्डमा ‘ब्लाष्टिङ’ को प्रस्ताव

२३, फागुन, चितवन । निर्मार्ण सम्झौता सकिएको नारायणगढ मुग्लिन सडकखण्डमा ठेकेदारले ‘ब्लाष्टिङ्’ को प्रस्ताव गरेको छ ।

ठेक्का नः ३ को सुपि्रम तथा रौताहा निर्माण कम्पनीले सडक बिस्तारको अति कठिन भूभागमा कन्ट्रोल बिस्फोट गराउने प्रस्ताव कन्सल्ट्यान्ट समक्ष गरेको छ ।

निर्माण कम्पनीले नारायणगढबाट २३.५ किलोमिटरदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा पाएको छ ।

क्यान्टिलिभर राख्ने भनिएको २३ मिटर क्षेत्रमा बिस्फोट बाहेक अर्को उपायबाट सडक बिस्तार गराउन नसकिने निष्र्कष ठेकेदार कम्पनीको छ ।

ठेक्का सम्झौतामा पनि कन्ट्रोल बिस्फोट गराउन सक्ने उल्लेख छ ।

कन्ट्रोल बिस्फोट अन्र्तगत केमिकल्सहरुको प्रयोग गरी चट्टानहरुलाई सफ्ट बनाउने र नियन्त्रित ढंगले पड्काउने हुन्छ ।

विस्फोट पदार्थ खरीदका लागि नेपाली सेनासँग प्रकृया अघि बढेको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

सो खण्डको निर्माण लागत सवैभन्दा धेरै १ अर्व ३० करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

क्यान्टिलिभिर राख्न नसकिने निष्कर्ष ठेकेदार कम्पनीले दिएपछि त्यसको चर्चा सकिएको छ ।

सो ठाँउमा क्यान्टिलिभर राख्दा अहिलेको सडकबाट तल कटिङ गर्नुपर्ने र कटिङ गर्दा कायम भएको वाइडपनि घट्ने भएकोले ठेकेदार कम्पनीले क्यान्टिलिभिर राख्ने रुची देखाएको थिएन । तर, पैंसामा कुरा नमिल्दा ठेकेदार पछि हटेको आयोजना स्रोतले जानकारी दिएको छ ।

ठेक्का नः ३ का कन्ट्याक्ट म्यानेजर शिशिर कन्द्ङ्वाले क्यान्टिलिभिर राख्दा सडक पूरै बन्द गरेर मात्रैं काम गर्न सकिने बताउँदै आए थिए ।

मे ३० सम्म म्याद थपको प्रस्ताव

गएको फेवु्रअरी २० मा नै ३ वटै ठेकेदारहरुको सम्झौता अवधि सकिसकेको छ । थपिएको अवधि सकिएको यो चौंथोपटक हो ।

भरतपुरको आँपटारीदेखि झण्डै १३ किलो मिटर सडकको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीको म्याद अगामी मे १० (वैशाख २७ गते) त्यसपछिको २३.५ किलोमिटरसम्मको सडक निर्माणको जिम्मा लिएको उड हिल तथा लामा निर्माण कम्पनीलाई मे २० (जेठ ६ गते) र ठेक्का नः ३ को सुप्रिम  रौताहा निर्माण कम्पनीलाई मे ३० (जेठ १६ गते) सम्म म्याद थपका लागि प्रस्ताव गरिएको छ ।

तर, म्याद थपको प्रस्ताव स्वीकृत भएर भने आएको छैन । सडक निर्माणको अहिलेसम्म ७७.३५ प्रतिशत काम सकिएको छ ।

२०.५ किलोमिटर सडक पिच भएको छ । यो सडकखण्ड भरतपुर आँपटारीदेखी मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको छ ।

ठेक्का नः १ को बीएलए तथा श्रेष्ठले ८० प्रतिशत, ठेक्का नः २ को उड हिल तथा लामा कन्र्सटक्सनले ८८ प्रतिशत र ठेक्का नः ३ (मुग्लिन तर्फ ) को सुपि्रम रौताहा निर्माण कम्पनीले ६९ प्रतिशत काम सकाएका छन् । यो सडक तीन लेयर पिच गर्ने सम्झौतामा उल्लेख छ । डवल लेयर पिच करीव १७ किलोमिटर भएको छ ।

तेस्रो लेयर पिच भने शुरु भएको छैन । पहिलो लेयर पिच हुने वित्तिकै लगभग सवै जसो अवरोधहरु सकिन्छन् आयोजनाका सूचना अधिकारी शिव खनालले भने, ‘दोस्रो र तेस्रो लेयर पिचको काम तीव्र गतिमा हुन्छ ।’

प्रस्तावित थप्ने म्याद भित्र पनि काम नभए ठेक्का सम्झौता १० प्रतिशत हुने आउने रकमका दरले जरीवाना ठेकेदारले तिर्नुपर्नेछ ।

आयोजना प्रमुखविहीन !

नारायणगढ मुग्लिन सडकखण्डका आयोजना प्रमुख चन्द्रनारायण यादवले अवकास लिएका छन् ।

उमेर हदका कारण स्वतः अवकास भएका यादवले सरकारले ल्याएको स्वेच्छिक अवकास प्रस्तावमा समेत आफ्नो नाम लेखाएका छन् ।

उनले फाल्गुण १५ गतेबाट अवकास लिए । ३० महिनासम्म उनी सडक आयोजनाको प्रमुख भएर काम गरे । ‘नयाँ आयोजना प्रमुख कहिले आउनुहुन्छ थाहा छैन’ सूचना अधिकारी खनालले अनलाइनखबरसँग भने, ‘कार्यालय प्रमुख नै नहुँदा कामका केही समस्या हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment