+
+
Shares

बरुण धवन सात दिन झिमिक्कै सुतेनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २४ गते १२:४१


बलिउड स्टारहरु फिल्ममा आफ्नो क्यारेक्टमा भिज्नका लागि जे पनि गर्छन् । पहिले आमिर खान यसका लागि चिनिन्थे । तर, अहिले हरेक कलाकार उनले देखाएको बाटोमा हिँडिरहेका छन् ।

अभिनेता वरुण धवन लगातार सात दिन झिमिक्कै.सुतेनन् । कुनै किर्तिमान राख्नका लागि उनले यसो गरेका हौइनन् । आगामी फिल्म ‘अक्टुबर’ का लागि आफूलाई तयार पार्न उनले यसो गरेका हुन् । उनले एक अन्तरवार्तामा बताए कि सो फिल्ममा आफ्नो भूमिकालाई जिवन्त राख्नका लागी उनी जुन हदसम्म पनि जान तयार छन् ।

यस बारेमा फिल्मका निर्देशक सुजीत सरकारको पनि अभिव्यक्ति आइसकेको छ । उनले भनेका छन्, ‘यो भूमिकालाई लिएर मैले बरुणसँग कुरा गरेको थिएँ । म चाहन्थे, उनले निभाउने भूमिकामा उनको बडिल्यांग्वेज झल्कियोस । उनका आँखाहरु थाकेका हुन् र आवाज भारी होस । यस दौरान मैले उनलाई मेडिटेसन गर्ने सल्लाह पनि दिएको थिएँ ।’

आफ्नो फिल्म अक्टुबरको बारेमा कुरा गर्दै बरुणले भने, ‘फिल्मको सुटिङ सकिएपछि मैले यो अनुभव गरेँ कि यो चलचित्रले ममाथि विशेष असर पारेको छ । मेरो जिन्दगीलाई हेर्ने नजर बदलिएको छ ।’

उनले केही दिनअघि आफ्नो लुक सामाजिक सञ्जालमा सेयर गरेका थिए । हालै मात्र बरुणको फिल्म सुई धागा उनको कडा परिश्रमको कारणले चर्चामा रहेको छ । यसको एउटा सीनमा बरुणले साइकल चलाउनुपर्ने थियो । यसका लागि गर्मीमा बरुण र अनुष्काले १० घन्टाभन्दा बढि समयसम्म साइकल चलाउनु परेको थियो । यस फिल्मलाई शरद कटारियाले निर्देशन गर्दैछन् । फिल्मका निर्माता मनीष शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?