Comments Add Comment

महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादी निर्णय


२५ फागुन, काठमाडौं । माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो ।

तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभामुखका लागि महरासागै ओनसरी घर्ती, देव गुरुङ, लेखराज भट्ट र गिरिराजमणि पोखरेलको दाबी थियो ।

सभामुखको उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment