Comments Add Comment

प्रशन्न बज्राचार्यको फोटो बन्यो उत्कृष्ट

तस्वीरः चन्द्र अाले/अनलाइनखबर

२५ फागुन, काठमाडौं । नेपाल पर्यटन फोटो पत्रकार क्लब (पिजे क्लब नेपाल) र पर्यटन बोर्डको सहकार्यमा भएको नेपालको हिउँद ‘थिम’ को फोटो प्रतियोगितामा प्रशन्न बज्राचार्यको फोटो उत्कृष्ट भएको छ ।

शुक्रबार घोषणा गरिएको नतिजा अनुसार विक्रम मगरको फोटो दोस्रो र प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हाँसिल गरेका छन् ।

विजेता फोटोग्राफर प्रशन्नले पर्यटन बोर्डको तर्फबाट शुक्लाफाँटाको तीन दिन दुई रातको टुर प्याकेजसँगै नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने दोस्रो हुनेले तीन दिन दुई रातको लुम्बिनी टुर प्याकेज, नगद ६ हजार रुपैयाँ र तेस्रो हुनेले तीन दिन दुई रातको चितवन टुर प्याकेजसँगै नगद ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा देशभरबाट २ सय ३० फोटोग्राफरको ५ सय ९ वटा फोटो पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment