Comments Add Comment

कर्णालीका गृहमन्त्री महिनाको एक दिन गरीबसँग

२६ फागुन, काठमाडौं । कर्णालीका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्री नरेश भण्डारी हरेक महिनाको एक दिन गरीब तथा विपन्नजनतासँगै बस्ने भएका छन् ।

गृहमन्त्री भण्डारीले विपन्न वस्तीका पीडा बुझ्न, दुःख साट्न महिनाको एक दिन उनीहरुसँगै दिन विताउने निर्णय गरेका हुन् ।

‘विपन्नसँग एक दिन’ कार्यक्रमका क्रममा पहिलो दिन शुक्रबार मन्त्री भण्डारी सुर्खेतको पञ्चपुरी नगरपालिका-४ स्थित बाढीपीडितको वस्तीमा दिन विताएका छन् ।

चार वर्षदेखि त्रिपालमुनी कष्टकर जीवन विताइरहेका जनताहरूसँग दिन विताएर मन्त्री भण्डारीले समस्या समाधानको पहल सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

भेटका क्रममा पीडितहरुले हावाहुरी आउँदा त्रिपाल छोडेर सधै विद्यालय भवनामा शरण लिन बाध्य भएको भन्दै समस्या समाधान गरिदिन माग गरेका थिए ।

यो वस्तीसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्ऽनगरबाट चार घण्टाको गाडी यात्रापछि पुगिन्छ ।

शुक्रबार गृहमन्त्री भण्डारी लुइनबाट बाढीपीडितको वस्तीमा पुगेर अवलोकन गरेका थिए । बाढीले भेरी नदीको पुल भत्काइदिएपछि अहिले त्यहाँ तुइनको सहायतामा वारपार गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment