Comments Add Comment

महिला अधिकार सुनिश्चितताको लागि सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री राउत 

२६ फागुन, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले महिलाको अधिकार सुनिश्चितताको लागि आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रदेश सरकारको मन्त्रिपरिषद बिस्तारमा महिलाको उपस्थिति सन्तोष जनक नभएको भन्दै बुझाएको ध्यानकर्षण पत्र ग्रहण गर्दै मूख्यमन्त्री राउतले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्रिपरिषदको विस्तारमा एक जना महिला समावेश भएको र मन्त्री परिषदको विस्तार अझै बाँकी रहेकाले सो क्रममा महिलाहरुको सुनिश्तितालाई विशेष ध्यान दिइने उनले बताए ।
मुख्यमन्त्री राउतले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफूले जारी गरेको प्रतिबद्धता कार्यान्वयनप्रति कुनै शंका नगर्न आग्रह गर्दै संविधानले महिलालाई प्रदत गरेको अधिकार सुनिश्चित हुनेमा ढुक्क हुन अाग्रह गरे ।
महिला संजाल धनुषाका अध्यक्ष मन्जु यादवको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीले मन्त्रिपरिषदको विस्तारमा महिलालाई उचित स्थान नदिइ संविधानको उपेक्षा गरिएको भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment