Comments Add Comment

तीन पटक सांसद भएका सशांकको पहिलो सम्बोधन जम्मा एक मिनेट

२७ फागुन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले संसदमा पहिलो पटक बोले त्यो पनि जम्माजम्मी एक मिनेट । २०६४ सालदेखि निरन्तर तेस्रो पटक संसदमा प्रतिनिधित्व गरिरहेका कोइरालाले यसअघि संसदमा बोलेको सुनिएको थिएन ।

सभामुख कृष्णवहादुर महरालाई कांग्रेसको तर्फबाट बधाई दिन रोष्टममा उभिएका कोइरालाले करीव एक मिनेट सम्बोधन गरे । जनयुद्ध र शान्ति प्रक्रियाको अनुभव लिएका महराले संसदलाई सन्तुलित ढंगले चलाउने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्धिको कुरा गरेको भन्दै प्रमुख प्रतिपक्षको हैसियतमा कांग्रेसले रचनात्मक सहयोग गर्ने बताए ।

सभामुख महरालाई एमालेबाट झलनाथ खनाल र माओवादीबाट वर्षमान पुनले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment