
१ चैत्र, कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीय राधा चौधरीमाथि भएको कुटपिटको घटनामा हरियाली सामुदायिक वनका अध्यक्ष चनकलाल चौधरीसहित थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा भाँक्री भनिएका रामबहादुर चौधरीकी आमा ४१ वर्षीय सितारानी चौधरी र ३४ वर्षीय वेदप्रसाद चौधरी छन् ।
घटनास्थलमा उपस्थित भएपनि कुटपिट हुँदा रोक्न नखोजी मौन समर्थन गरेको आरोपमा वन समूहका अध्यक्ष पक्राउ परेका हुन् भने अन्य दुईले झाँक्रीलाई युवती खोज्न सहयोग गरेका थिए ।
उनीहरुलाई पक्राउ गरी मंगलबार बोक्सी आरोप कुसर तथा सजाय ऐन अन्तरगत ७ दिनलाई म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले अनलाइनखबरलाई बताए ।
यसअघि घटनामा संलग्न झाँक्री रामबहादुरसहित १८ वर्षीय किस्मती चौधरी र २४ वर्षीय स्मारिका चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पीडित राधालाई अहिले धनगढीस्थित एक महिला गृहमा राखिएको छ ।
यो पनि पढ्नुस्
राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
‘बोक्सी’ आरोपमा शिक्षिका पनि कुटिइन्, जोखाना हेर्ने जमातमा पत्रकार !
प्रतिक्रिया 4