बिहीबार, ३ साउन, २०७५
OnlineKhabar.com
Suzuki

चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

सरकारलाई स्रोत जुटाउन सकस, खर्च कटौतीको तयारी

Suzuki
अनलाइनखबर

२८ फागुन, काठमाडौं । सोमबार केन्द्रीय राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन चौथाइ सांसदको विश्वासको मत पाएको समाचारलाई नै मुख्य प्राथमिकता दिएर छापेका छन् ।

त्यसबाहेक स्वेच्छिक अवकास लिने कर्मचारीहरुलाई बिदाइ गर्दा पर्ने आर्थिक भार, विदेश भ्रमणको नाममा भइरहेको ब्रह्मलुट, खर्च जुटाउन सरकारलाई सकस भइरहेको लगायतका समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।

स्रोत जुटाउन सकस, खर्च कटौतीको तयारी

कारोबार दैनिकले चालु आर्थिक वर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारले विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ ।

विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भइरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो ।

‘अर्थ मन्त्रालयले इन्धन, मर्मत, कार्यालय सामाग्री, सेवा तथा परामर्श र भ्रमणलागायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ,’ समाचारमा लेखिएको छ ।

समाचारमा थप लेखिएको छ- तलबभत्ता, पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, बिमा, खाद्यान्न, औषधिजस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र रकमान्तर नगर्ने तयारी छ ।

नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

नयाँ पत्रिका दैनिकले ‘३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै’ शीर्षकको मुख्य समाचार छापेको छ । समाचारअनुसार स्थानीय तहमा भने २० हजार कर्मचारी अभाव छ ।

नयाँ पत्रिकाको समाचारमा लेखिएको छ- सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् ।

प्रदेश र स्थानीय तहमा जाँदैनौं भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै छ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिब ३० अर्ब खर्च गर्नुपर्नेछ ।

प्रदेश र स्थानीय तहलाई संस्थागत गर्ने महत्वपूर्ण समयमा कर्मचारी खटाउन नसकिरहेका वेला सरकारले अनुभवी कर्मचारीलाई राज्यकोषमा भार पर्ने गरी घर पठाउन लागेको हो ।

सरकारले २८ पुसमा संघीयतामा जान नरुचाउने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्याकेज घोषणा गरेको थियो । त्यसमध्ये सचिवदेखि कार्यालय सहयोगी तहसम्मका नौ हजार पाँच सय ९१ कर्मचारीले संघीयतामा जान अस्वीकार गर्दै स्वेच्छिक अवकाशमा जाने विकल्प रोजेका छन् ।

अर्थ मन्त्रालयले भने यति धेरै कर्मचारी बिदा गर्न पैसा नपुग्ने स्पष्ट पारेको छ । अर्थसचिव शंकर अधिकारीले नयाँ पत्रिकासँग भनेका छन्, ‘आगामी आर्थिक वर्षमा पनि स्थानीय तह र प्रदेशमा भौतिक संरचना बनाउनुपर्नेछ, संघमा विकास र समृद्धिको नारासहित सरकार गठन भएको छ । यस्तो स्थितिमा कर्मचारीलाई ३० अर्ब बाँड्न पैसा पुग्दैन ।’

उनले सरकारले चाहेमा भने आगामी आर्थिक वर्ष बजेटमै व्यवस्था गरेर पैसा दिन सक्ने बताए ।

विदेश भ्रमणमा ब्रह्मलुट, वर्षभरिको खर्च ६ महिनामै सकियो

नागरिक दैनिकका अनुसार भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणका लागि ‘भ्रमण खर्च’ शीर्षकमा छुट्याएको रकमले पहिलो ६ महिनाका लागि पनि नपुगरे थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थप खर्च भएको छ।

चालू आर्थिक वर्ष ०७४/०७५ को बजेटमा ‘खर्च शीर्षक नम्बर २२६१२’ मा सरकारी कर्मचारीका लागि भ्रमण खर्चको व्यवस्था गरिएको छ । बजेटमा कर्मचारी ‘भ्रमण शीर्षक’ मा एक वर्षका लागि १ अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ । सो शीर्षकको रकम सरकारी कर्मचारीको विदेश भ्रमण र सरुवा भत्तामा खर्च गरिन्छ ।

नागरिक दैनिकको समाचारमा लेखिएको छ– अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कर्मचारीको विदेश भ्रमणमा २ अर्ब १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खर्च भइसकेको छ । भ्रमण शीर्षकको अधिकांश रकम विदेश भ्रमणका नाममा खर्च भएको छ । यो अवधिमा ४ हजारभन्दा बढी सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन्।

सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्च २३.६० प्रतिशतमात्र गरेका बेला सरकारी कर्मचारीको विदेश भ्रमण खर्च भने १२४.२८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कर्मचारीको भ्रमण खर्च ९५.३३ प्रतिशतले वृद्धि भएको छ।

चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

अन्नपूर्ण पोष्ट दैनिकले बोक्सी आरोपमा कैलालीको घोडाघोडीकी राधा चौधरीलाई चरम यातना दिने रामबहादुरको विगत र उनले हाल गर्दै आएको कर्तुत केलाउने प्रयास गरेको छ । समाचारअनुसार केही महिनाअघिसम्म उनले पापड र चटपट बनाएर बिक्री गर्दथे । तर आजभोलि आफूलाई झाँक्री र ‘भोलेबाबा’ भनेर चिनाउने उनले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन् ।

समाचारमा लेखिएको छ- टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ । आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन् । त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्रमित पारेका छन् ।

उपचार गर्छु भन्दै त्यही त्रिशूल तताएर डामेपछि स्थानीय ६५ वर्षीय जितबहादुर डगौरा घाइते भएको स्थानीयले बताए । रामबहादुरले आँगनमै रहेको गोठलाई बिरामी भर्ना गर्ने घर बनाएका छन् । टाढा-टाढाबाट आउने मानिस भोलेबाबाले दिएको प्रसादले सबै रोग निको हुने विश्वासका कारण त्यहाँ पुग्ने गरेका छन् ।

भोलेबाबाले सबै रोग निको गर्ने भएकाले त्यहाँ आएको भजनी नगरपालिकाकी सुन्दरी चौधरीले बताइन् । उनले बिरामी राख्ने गोठआसपासको ठाउँ चामलका बोराले भरिएका छन् । घरअगाडिको आँगनमा उनले यसअघि पनि राधाजस्तै थुप्रै किशोरीमाथि यस्तै अत्याचार गरेको स्थानीय नरेश चौधरीले बताए । ‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ । विभिन्न गाउँमा रहेका पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन्’, चौधरीले भने ।

भोलेबाबाले गाउँका सुन्दर किशोरीलाई आˆनो पूजामा बोलाउने र नआएपछि बोक्सी आरोपमा कुट्ने गरेको स्थानीयले बताएका छन् ।

रामबहादुरको घरमा भजनी, जोशीपुर, खैलाडलगायत ठाउँबाट दैनिक चार-पाँच सय मानिस आउन थालेपछि उनको दिनकै कमाइ १० हजारभन्दा बढी भइरहेको थियो भने चामल पनि उत्तिकै संकलन भइरहेको थियो । उनले गाउँका किशोरीलाई बोलाएर, काम्न लगाएर पार्वती बनाउने गरेका थिए । पक्राउ परेका किस्मती चौधरी, स्मारिका चौधरीजस्ता नाम नखुलेका धेरै पार्वती भोलेबाबाले बनाएको पनि स्थानीयले बताएका छन् ।

भोलेबाबाले बनाएका पार्वतीले महिलासँग अश्लील बोल्ने, महिलाको संवेदनशील अंग चलाउने र उनीहरूलाई भरिएको सभामा उत्तेजनामा ल्याउने प्रयास गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रामबहादुरका बुबा ज्ञानीप्रसाद, आमा सम्झना र भाइ सागर पनि बिरामी आएका बेला भोलेबाबा भन्दै काम्ने गरेको स्थानीय नरेश कुँवरले बताए ।

देउकलिया गाउँका धेरै जना अहिले पनि रामबहादुरमा देउता रहेको दाबी गर्छन् । त्यो गाउँका मान्छेलाई रामबहादुरले यतिसम्म अन्धविश्वासी बनाइदिएका छन् कि उनीहरू कम्तीमा पनि उपचारका लागि १५ दिन लगातार आउन बाध्य भएको स्थानीय खेम सापकोटाले बताए ।

चरम यातना दिएर बाबु-आमाले गरे छोरीको हत्या !

कान्तिपुर दैनिकले चरम यातना दिएर छोरीको हत्या गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको समाचार पनि छापेको छ।

आफ्नी १९ वर्षीया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा सहिदनगर-६ का ४० वर्षीय दिलिपकुमार यादवलाई पक्राउ गरेको हो।आमा भने फरार छिन्।

काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहा कुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आंशका गरेको हो।

‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठूलो-ठूलो स्वरमा उनीहरूबीच झगडा भयो’, घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भनेका छन्, ‘त्यही साँझ नै आमाबाबुको चरम यातनाले स्नेहाको मृत्यु भएको आशंका छ ।’

पक्राउ परेपछि स्नेहाका बाबुले छोरी बिरामी रहेको र उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उतै दाहसंस्कार गरेको बताएका छन्। प्रहरीले भने स्नेहाको हत्या गरिएको दाबी गर्दै अनुसन्धान त्यतै मोडेको छ।

प्रहरीको अनुसन्धान टिम यादवको घर जनकपुर २ वकिल टोलस्थित डेरामा पुग्दा रगतका छिटा देखिएको प्रहरीले जनाएको छ।

कलेजले स्नेहाको बिषयमा गुनासो गरेपछि दिलीप आफैंँ काठमाडौं पुगेर फागुन २ गते जनकपुर ल्याएका थिए।

रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

कान्तिपुर दैनिकका अनुसार राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् ।

भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ ।

अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । ‘रेलका लागि लिक निर्माण आवश्यक पर्छ । त्यसैले बस्तीबाहेकको क्षेत्र रोजिएको छ,’ रेल सेवा विस्तार फाइनल लोकेसन सर्भे टोलीका सदस्य गणेशबहादुर शाहीले भने ।

एउटै मन्त्रालयमा तीन सचिवको दरबन्दी !

नेपाल समाचारपत्र  दैनिकले सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ । संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ ।

तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिव राख्ने तयारी सरकारले गरेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिनहुँजसो भएको बैठकमा तत्काल ९ वटा महाशाखा राख्ने प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।

२०७४ फागुन २८ गते ७:०७ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते ७:४१

    सरकारलाई स्रोत जुटाउन सकस, खर्च कटौतीको तयारी

    हिजो हाम्रा प्रधान मन्त्रि को भासण सुनेर म अचम्मै परे, दुखित भए, चुनाब जितेको यत्रो महिना पछि अहिले सम्म केहि गरेको रहेनछ, यस्स्वो “outline ओफ़ strategic एक्शन फोर ट्रांस्फोर्मेशन न्यु नेपाल मा एमाले को सोच” का ४-५ लाइन मात्र भनिदिऎअको भए चित्त बुझाधथ्यो !! नेपाल एकदमै कम्जोर र अति आर्थिक दुरावास्थ्या मा छ, यो बिजिनेस एज युज्जल को अबस्था होइन . तर हाम्रो ३/४ मत पाएका प्रधानमन्त्री को एक सब्द पनि नआउनु सारै दुखद हो !!
    एमाले सम्पूर्ण ले ओली जी को देबत्वोकरण गर्दैछन , त्यसैले सबै एमाले समर्थक आफ्नो कुलदेवता ओली लाई मानेको अवस्था छ र उहाँको कसैले Constructive Feed Back दिए पनि सारै रिसाउनु हुन्छ, , यो राम्रो symptopm होइन , एमाले नै ओली लाई पुल्पुल्ल्यौन्दै छन्, यसले कसिलाए पनि फाइदा गर्दैन.
    म फेरी पनि दोहार्य्वुन चाहन्छु कि नेपालको वर्तमान अबस्थ्या र लिनु पर्ने stratic एक्शन निम्न हुन सक्छन
    Corruption control
    • Collect all 100% revenue and tax (currently your staff are collecting only 20% revenue and remaining they put in their pocket
    • Tighten control over public spending by Improving co-ordination and central steering:
    • Strengthen policy co-ordination;
    • Introduce explicit regulatory quality guidelines, leadership and oversight;
    • Simplify business start-up processes;
    • Prepare policy and action points Raise labour market flexibility and tackle over dependency on migrant labors in Malaysia and Gulf
    • Establish a competency management framework.
    • Increase transparency and reduce loopholes on budget and personnel:
    • Limit regularization of contractual staff;
    • Further increase transparency of recruitment. Improve the process of budget preparation, monitoring and evaluation.
    • Move swiftly toward a programme–based budget and a multi–year budgetary framework.
    • Consider adopting a stricter fiscal rule, perhaps with constitutional rank, imposing expenditure control;
    • Establish a parliamentary budget committee. Improve data and analysis:
    • Require regulatory impact analysis;
    • Put in place a systematic and strategic review of government needs. Strengthen performance management and accountability:
    • Reform urgently the pension system to ensure its long-term financial viability.
    • Strengthen efficiency of the education system

    9
    0
    Share

  • sudip लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते १६:४४

    ma bhanda mathi comment garni sathi lai nepal ko kunai mantri banauna parla jasto manxay khatra talent xa pailo choti aauta talent magar bhetiya … haha keep it up

    0
    4
    Share

  • खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते १९:४१

    सुदिप सर !!
    धन्यवाद कमेन्ट को लागि
    हामी मगर जति लाई नेपाल मा मात्रै पछाडी परिएको थियो तर बिस्तारै राजनीति बाहेक का क्षेत्र मा हामी माथि उठ्दै छौ , मलाई मन्त्री चहिएन मेरो कुनै माग छैन, बारीका पाटा मा फलेको अन्न ले आन्टो खान पहिएको छ मैले देखको सत्य लेख्ने हो कसैले मान्नु नमान्नु उसको धर्म हो
    हाम्रा मगर अग्रज हरु जो बाट म प्रभवित छु
    १. स्वो. नारायण सिघ पुन – पाईलट
    २. महाबिर पुन – आइटी
    ३. टोल खाम्चा मगर – लेफिटनेन्ट कर्णेल बेलायती सेना को उच्च पद
    ४. डा. बलराम थापा – बाताबरण विद

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this