+
+
Shares

बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानमा नयाँ कार्यसमिति, अध्यक्षमा यशोदा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानले यशोदा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

२९ मंसिर, काठमाडौं । बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न ७५औं श्रृङ्खला (हीरक अंक) तथा चौथो भेलाले यशोदा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

नवगठित समितिमा केदार गौतम उपाध्यक्ष, पवन वाग्ले सचिव, जीवनराज दाहाल सहसचिव र विमला वि.क. कोषाध्यक्ष रहेका छन् । सदस्यहरूमा किशोर कुमार अधिकारी, जीवनस्पर्शी र प्रविण पौडेल चयन भएका छन् भने बाँकी सदस्यहरू पूर्ण बैठकबाट मनोनित गरिनेछ ।

नयाँ समिति गठनसँगै सम्पन्न भएको भेलामा प्रतिष्ठानका निवर्तमान अध्यक्ष रामचन्द्र पौडेलले कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै पुरानो समिति विघटन गरेका थिए । साथै काव्य, खोज तथा अनुसन्धान, आख्यान र प्रचारप्रसार विभागका संयोजकसमेत तोकिएका छन् । काव्य विभाग संयोजकमा रामचन्द्र पौडेल, खोज तथा अनुसन्धान विभाग संयोजकमा जीवनस्पर्शी, आख्यान विभाग संयोजकमा लिलानाथ गौतम र प्रचारप्रसार विभाग संयोजकमा जीवनराज दाहाल चयन भएका छन् ।

यसअघि आयोजित ७५ औँ शृङ्खला (हीरक अङ्क) तथा नियमित साहित्यिक कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन गरिएको थियो । कार्यक्रममा केदार गौतम, लिलानाथ गौतम, पूर्ण परियार, समीक्षा परियार, सपना परियार, उद्धव आचार्य ‘अविचल’, गणेश तिमिल्सिना, नारायण घिमिरे, जनक प्रसाद पौडेल, मोहमद कामरुदिन नदाफ र सुमित्रा आचार्यलगायतले आफ्ना सिर्जना वाचन गरे । शून्य समयमा जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूको सहभागिता समेत रहेको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा तथा बर्दिबास नगरपालिका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रगतिशील लेखक संघ मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना प्रमुख निर्मल घिमिरे, जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष मोहमद कामरुदिन नदाफलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रमुख अतिथि हिरा गौतमले २०७४ सालमा स्थापना भएको प्रतिष्ठानले समाजमा चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै नगर पर्यटन प्रवर्द्धन कोषबाट वार्षिक एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाए । साथै उनले व्यक्तिगत सहयोग गर्ने घोषणा पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?