Comments Add Comment

धुर्मुस-सुन्तलीलाई ‘बर्ष व्यक्ति सम्मान’


सामाजिक सेवामा समेत सक्रिय रहेका चर्चित हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको छ । उनीहरुलाई साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मी पत्रिका ‘फिल्मीखबर’ले ‘फिल्मीखबर बर्ष व्यक्ति’को रुपमा सम्मान गरेको हो । आफ्नो नवौ बाषिर्कोत्सवको अवसर पारेर यो जोडीलाई सम्मानित गरिएको हो ।

सम्मानित भएपछि सितारामले भने-‘यो सम्मानले सामाजिक काममा अगाडि बढ्न प्रोत्साहन मिलेको छ । हाम्रो सामाजिक अभियान सम्पूर्ण कलाकारिता क्षेत्रकै प्रतिनिधि हो ।’

यस्तै, कलाकार कुञ्जना घिमिरेले भनिन्-‘यो सम्मानले हामीलाई अगाडि बढ्न उर्जा मिलेको छ ।’ सिताराम र कुञ्जनाको ‘धुुर्मुस-सुन्तली फाउण्डेशन’ले विभिन्न जिल्लामा ४ वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेको छ ।

फिल्मीखबर पत्रिकाका प्रमुख शान्तिप्रियले डिजिटल यूगमा नवौ बर्षसम्म साप्ताहिक पत्रिका निकाल्नु सहज नभएतापनि आफूहरु यसमा सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment