Comments Add Comment

मनाङलाई पन्छाउँदै थ्रीस्टार तिलोत्तमा गोलडकपको फाइनलमा


१ चैत, बुटवल । थ्री स्टार क्लब बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

देवीनगरस्थित एन्फा खेल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोल अन्तरले पछि पार्दै थ्रीस्टारले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उसले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

खेलमा अग्रता भने मनाङले लिएको थियो । २३ औं मिनेटमा विशाल राईको पासमा फ्लोरेनले गोल गरेका थिए । तर, यो सुसी धेरैबेर टिक्न सकेन । एक मिनेट बित्न नपाउँदै थ्री स्टारका बुद्ध चेम्जोङले एक्लै बल अघि बढाएर बराबरी गोल गरे ।

पहिलो हाफकै ३८औं मिनेटमा थ्रीस्टारले पाएको फ्रि किकमा निराजन खड्का गोल गरे । दोस्रो हाफमा थप गोल हुन सकेन र थ्रीस्टार विजयी बन्यो ।

अब थ्रीस्टारले उपाधिका लागि चैत ३ गते विभागीय टिम नेपाल पुलिसको सामना गर्ने छ ।

विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment